News Portal

  • नापी कार्यालयका प्रमुख बिष्टको बिदाइ : नागरिक समाज भक्तपुरद्वारा प्रशंसा पत्र प्रदान

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, ३ कात्तिक
    ५१३९ पटक
    भक्तपुर, ३ कात्तिक

    नापी कार्यालय भक्तपुरका कार्यालय प्रमुख ज्ञानेन्द्र कुमार बिष्टको बिदाइ भएको छ । नापी बिभागमा सरुवा भएपछि आइतवार उनको बिदाइ भएको हो ।

    सामान्यतया नापी र मालपोत कार्यालयका कर्मचारीप्रति सर्वसाधारणको सकारात्मक धारणा बन्न नसकिरहेको परिपेक्षमा कार्यालय प्रमुख बिष्टले भने भक्तपुरमा सकारात्मक प्रभाव पार्न सफल भएका देखिएको छ । कार्यालयले राखेको बिदाइ कार्यक्रममा कार्यालय प्रमुख बिष्टले नापी कार्यालय भक्तपुरमा गरेको राम्रो कामको स्मरण गर्दै नागरिक समाज भक्तपुरले उनलाई सम्मानित समेत गरेको छ ।

    आइतवार भक्तपुर नागरिक समाजले बिष्टलाई प्रशंसा पत्र र मायाको चिनो दिंदै बिदाइ गरेको हो । जेष्ठ नागरिक र अपाङ्गता भएका सेवाग्राहीहरुलाई बिश्राम कक्ष बनाइ सोहीस्थान बाट सेवा दिने कार्यको शुभारम्भ गरे वापत बिष्ट प्रशंसाको पात्र भएका समाजका अध्यक्ष प्राडा उत्तमकृष्ण कर्माचार्यले बताए ।

    ”जेष्ठ नागरिक तथा शारीरिक रुपले अशक्त सेवाग्राहीका लागि बिश्राम कक्षको स्थापना गरी सेवा भावले सेवा गर्नुका साथै कार्याल बाट प्रवाह गरिने सेवा पारदर्शी, सहज एवं प्रविधिमैत्री बनाउन पुर्याउनुभएको योगदानको कदर गर्दै यो प्रशंसा पत्र प्रदान गरिएको छ ।” बिष्टले पाएको प्रशंसा पत्रमा भनिएको छ ।

    बिष्टले बिबाद रहित भएर आफ्नो कार्यकाल पूरा गरेका हुन् । उनले कार्यालयमा बिचौलियालाई प्रवेशमा कडाइ गरेका थिए भने विद्युतीय टोकन प्रणाली जडान गरी पालोप्रणालीलाइ प्राथमिकतापूर्वक अघि बढाएका थिए । कार्यालयका धेरै कामलाई डीजिटळाईज्ड गरेका बिष्टले कार्यालयमा बैकल्पिक उर्जासमेत जडान गरेका थिए ।

    जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारसंग राम्रो समन्वय गर्न सफल बिष्ट सृजनशील स्वभावका जनमैत्री कार्यालय प्रमुखका रुपमा भक्तपुरमा परिचय बनाउन सफल भएका थिए । बिष्टको नापी बिभागमा सरुवा भएसंगै उनको ठाउँमा चितवनबाट मग्नु दत्त सरुवा भई आएका छन् । आइतवार कार्यालयले दत्तको स्वागत कार्यक्रम समेत सम्पन्न गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...