नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । तत्कालिन वाइसीएल र युवासंघ नेपालको एकतापछि गठित राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीले १ वर्षपछि पूर्णता पाएको हो ।
युवा संघ नेपालको केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्जमा दिनेश थपलिया’आक्रोस’ नियुक्त भएसंगै १ वर्षदेखि थाती रहेको जिल्ला कमिटीले पूर्णता पाएको छ । बिहीवार इन्चार्ज थपलिया र सह–इन्चार्ज दीपक दाहालको उपस्थितिमा ७१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको सह संयोजक अजय श्रेष्ठले जानकारी गराए । गत २८ कात्तिकमा राजु लुबन्जार र अजय श्रेष्ठ लाई क्रमस जिल्ला संयोजक र सह संयोजकको जिम्मेवारी दिइएको भएता पनि कमिटीले पूर्णता पाउन सकेको थिएन । संयोजक राजु तत्कालीन युवा संघकार सहसंयोजक अजय तत्कालीन वाइसीएलका हुन् ।
बिहीवार बिस्तार गरिएको कमिटीमा भक्तपुरका चार नगर कमिटीमा संयोजक र सह संयोजक पनि तोकिएको छ । मध्यपुर र भक्तपुरको संयोजक तत्कालीन वाइसीएललाई तथा चागुनारायण र सूर्यविनायकको संयोजकको जिम्मा तत्कालीन युवा संघले पाउनेगरी भागबन्डा भएको हो । भक्तपुर नगर कमिटीमा कृष्णमान बनमालालाई संयोजक र सुशील मधिकर्मीलाई सह संयोजकको जिम्मेवारी तोकिएको छ भने सूर्यविनायक नगर कमिटी संयोजकमा रविन थापा र सह संयोजकमा सुरेन्द्र सुवाललाई चयन गरिएको छ ।
त्यस्तै चाँगुनारायण नगर कमिटी संयोजकमा कपुर थापा र सहसंयोजकमा लक्ष्मण दुलाल छन् भने मध्यपुर थिमि नगर कमिटीमा अमित चक्रधर संयोजक र सुजन नानी श्रेष्ठ सहसंयोजकमा चयन भएका छन् । वडा कमिटीमा पनि १९-१९ को भागबन्डा गरि नेतृत्वको टुंगो लगाइएको बताइएको छ ।
हेर्नुस् लिस्ट