News Portal

  • राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीले पायाे पूर्णता : चारै नगरमा ताेकिए कमाण्डर

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ कात्तिक
    २१७७ पटक
    भक्तपुर, ६ कात्तिक

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । तत्कालिन वाइसीएल र युवासंघ नेपालको एकतापछि गठित राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीले १ वर्षपछि पूर्णता पाएको हो ।

    युवा संघ नेपालको केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्जमा दिनेश थपलिया’आक्रोस’ नियुक्त भएसंगै १ वर्षदेखि थाती रहेको जिल्ला कमिटीले पूर्णता पाएको छ । बिहीवार इन्चार्ज थपलिया र सह–इन्चार्ज दीपक दाहालको उपस्थितिमा ७१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको सह संयोजक अजय श्रेष्ठले जानकारी गराए । गत २८ कात्तिकमा राजु लुबन्जार र अजय श्रेष्ठ लाई क्रमस जिल्ला संयोजक र सह संयोजकको जिम्मेवारी दिइएको भएता पनि कमिटीले पूर्णता पाउन सकेको थिएन । संयोजक राजु तत्कालीन युवा संघकार सहसंयोजक अजय तत्कालीन वाइसीएलका हुन् ।

    बिहीवार बिस्तार गरिएको कमिटीमा भक्तपुरका चार नगर कमिटीमा संयोजक र सह संयोजक पनि तोकिएको छ । मध्यपुर र भक्तपुरको संयोजक तत्कालीन वाइसीएललाई तथा चागुनारायण र सूर्यविनायकको संयोजकको जिम्मा तत्कालीन युवा संघले पाउनेगरी भागबन्डा भएको हो । भक्तपुर नगर कमिटीमा कृष्णमान बनमालालाई संयोजक र सुशील मधिकर्मीलाई सह संयोजकको जिम्मेवारी तोकिएको छ भने सूर्यविनायक नगर कमिटी संयोजकमा रविन थापा र सह संयोजकमा सुरेन्द्र सुवाललाई चयन गरिएको छ ।

    त्यस्तै चाँगुनारायण नगर कमिटी संयोजकमा कपुर थापा र सहसंयोजकमा लक्ष्मण दुलाल छन् भने मध्यपुर थिमि नगर कमिटीमा अमित चक्रधर संयोजक र सुजन नानी श्रेष्ठ सहसंयोजकमा चयन भएका छन् ।  वडा कमिटीमा पनि १९-१९ को भागबन्डा गरि नेतृत्वको टुंगो लगाइएको बताइएको छ ।

    हेर्नुस् लिस्ट

               

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...