News Portal

  • भक्तपुरका नायक मनिषद्वारा अभिनित ‘निदाउँकी सपनीमा’ सार्वजनिक (भिडियाेसहित)

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ७ कात्तिक
    १८२९ पटक
    भक्तपुर, ७ कात्तिक

    कोभिड १९ को बिश्वब्यापी महामारीकाबीच दशैँ मनाइरहदा शुक्रवार एक मर्मस्पर्सी गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । नव विवाहित दम्पतीको पहिलो दशैमा कोभिडको कहरले दिएको पिडा ह्दयाबिदारक ढंगले म्युजिक भिडिओमा प्रस्तुत गरिएको छ ।

    आसुसेन फिल्म्सले आफ्नो युट्य़ुब च्यानल मार्फत यस हेर्नुपर्ने गीत निदाउँकी सपनीमा …शुक्रवार सार्वजनिक गरेको हो । सुगम पोखरेल र कविता श्रेष्ठको सुमधुर स्वरमा सजिएको गीतको म्युजिक भिडिओमा मनिस राउत र रेश्मा घिमिरेले सशक्त अभिनय गरेका छन् । हेर्दाहेर्दै आशुँ खसेको थाहा नै नहुने जीवन्त दृश्यहरु हेर्दा दर्शकहरु अभिनय हेर्दैछु भन्ने भुलेर राउत र रेश्मासंगै कोभिडको पिडा महसुस गर्न पुग्छन । नवनायक मनिष राउत भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ गुण्डूका हुन् । उनले नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ मा अभिनय गरिसकेका छन् भने अहिले चलेकी साम्राज्ञी राज्य लक्ष्मी शाह र आना शर्मा संग स्क्रिन सेयर गर्नेगरी नयाँ फिल्ममा पनि मूख्य भूमिकाका लागि अनुबन्धित भएका छन् ।

    राउत र रेश्मालाइ लिएर यस म्युजिक भिडिओलाई सन्तोष सेनले निर्देशन गरेका हुन् । कोभिड रोकथाम र नियन्त्रणका लागि अग्रपङ्तीमा रही सेवारत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका एशाकर्मीलाई यो सृजना समर्पित गरिएको निर्देशक सेनले बताएका छन् । गीतको रचना राजेशकुमार श्रेष्ठले गरेका हुन् भने शैलेंद्रमान प्रधानले एरेन्ज गरेका र एलिस कार्कीले संगीत भरेका छन् ।

    हेर्नुस् भिडियाे 

     

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...