News Portal

  • सूर्यविनायकमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, १५ कात्तिक
    १३५१ पटक
    सूर्यविनायक, १५ कात्तिक

    सूर्यविनायकमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारकै क्रममा ज्यान गएको हो ।

    ज्यान गुमाउने व्यक्ति कृष्ण राम सुवाल हुन् । शनिवार बिहान करिब १० बजेको समयमा उनी दुर्घतनामा परेका थिए । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा स्थानीय ५० वर्षीय कृष्ण राम सुवालले ज्यान गुमाउन पुगेका प्रहरीले जनाएको पुष्टि गरेको हो ।

    खेत जोत्ने हाते ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउदा अनियन्त्रित भई पल्टदै जाँदा सोही ट्याक्टरको फाली (जोत्ने भाग) ले घाँटी लगायतको भागमा गम्भीर चोट लागेपछि सुवाललाई उपचारको लागि मध्यपुर अस्पताल पुर्याइएको थिए । उपचार हुँदाहुदै १०:३० बजे उनलाई चिकित्सकले मृत घोषित गरिदिएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी दिपक गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...