News Portal

  • अनलाइन नृत्य प्रतियोगितामा भक्तपुरकी सगुन श्रेष्ठ बनिन् बिजेता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ कात्तिक
    २०८३ पटक
    भक्तपुर, १६ कात्तिक

    बिश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ का कारण पढाई मात्र होइन, सभा सम्मेलन समेत अनलाइनमा सिमित भएका छन् । तर, खाने मुखलाई जुंगाले छेक्दैन भने झैँ यस विषमताका बाबजुद सांगीतिक एवं साहित्यिक लगायत विभिन्न प्रतियोगितालाई पनि अनलाइनमै सम्पन्न गरिंदै आएको देखिन्छ ।

    यसैबीच अनलाइनबाट सम्पन्न एक नृत्य प्रतियोगितामा भक्तपुरकी सगुन श्रेष्ठ प्रथम बन्न सफल भएकी छन् । इन्नोभेसन इभेन्ट मेनेजमेन्टद्वारा आयोजित उक्त प्रतियोगितामा श्रेष्ठ प्रथम भएकी हुन् । अनलाइन डान्स कम्पिटिसन २०२० नाम दिइएको उक्त प्रतियोगितामा विद्यालय उमेरका १ सय बढी प्रतियोगी सहभागी भएका आयोजकको भनाइ छ ।

    प्रतियोगितामा प्रतिस्पर्धी रहेका १ सय बढी प्रतिष्पर्धीलाई पछि पार्दै उपाधी जित्न सफल सगुन श्रेष्ठ सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटकी हुन् । उनी थिमीस्थित नवरत्न इङ्लिस स्कूलमा कक्षा ९ मा अध्ययनरत छिन् । गत माघमा पनि उनले अमर कला केन्द्र कालिमाटीद्वारा आयोजित उपत्यकाव्यापी ‘लेट्स डान्स’ को चौथो संस्करणमा फस्ट रनर अपको उपाधी हात पारेकी थिइन् ।

    अनलाइन डान्स कम्पिटिसन २०२० मा भने उनले टाइटल उपाधि नै हात पारिन् । यसमा कमल राज , स्वजन रघुबंसी र महेश केसी निर्णायकको भूमिकामा रहेका थिए । प्रतियोगितामा अविनव श्रेष्ठ फस्ट रनर अप र गर्दिशा मल्ल सेकेन्ड रनर अप घोषित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...