News Portal

  • यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारीका सम्पूर्ण सेवाहरु बन्द !

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २४ कात्तिक
    ४३६१ पटक
    भक्तपुर, २४ कात्तिक

    भक्तपुर १ नपलीस्थित यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारीका सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । आइतवार कार्यालयले एक सूचना जारी गर्दै सबै सेवा बन्द गरेको हो ।

    कार्यालय प्रमुख लगायत केहि कर्मचारीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्नुपरेको कार्यालयले जनाएको छ । अर्को सूचना जारी नभए सम्म सेवा स्थगित गरिएको सूचनामा भनिएको छ ।

    कार्यालय प्रमुख विमल भट्टराई लगायत कर्मचारीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको थाहा भएको छ । प्रमुख भट्टाराईमा कोभिड १९ का लक्षणसमेत देखिएपछि उनी जिउ दुख्ने र उच्च ज्वरोको सामना गरिरहेका छन् अन्य संक्रमित कर्मचारीमा भने कुनै लक्षण देखिएको छैन ।

    प्रमुख भट्टराई होम आइसोलेसनमा रहेका छन् । कार्यालयको माथिल्लो तलामा बस्दै आएका उनी परिवारको रेखदेखमा स्वास्थ्य लाभ गरिरहेका छन् । उनी कोभिडको जोखिममा पनि दैनिक सेवाग्राहीको सेवामा तल्लीन थिए । कार्यालय प्रमुख नै कोभिड १९ संक्रमित बनेपछि दैनिक ७/८ सयको हाराहारीमा सेवा प्राप्त गरिरहेका सेवाग्राही समस्यामा परेका छन् । कार्यालय बन्द भएको थाहा नहुँदा सल्लाघारीबाट पटके कर तिरेर पूर्व जान हिडेका सवारी थप सास्तीमा परेका छन् ।

    कार्यालयले संक्रमणमा नपरेका कर्मचारीबाट सेवा सुचारु गर्नुपर्ने स्थानीय अल्बर्ट बज्राचार्य बताउँछन् । कार्यालयमा कम दरबन्दी रहेकाले सेवा सूचारु गर्न नसकिएको एक कर्मचारीले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...