News Portal

  • श्रीकृष्ण माविकाे नयाँ भवन शिलान्यास

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, २७ कात्तिक
    १०१७ पटक
    चाँगुनारायण, २७ कात्तिक

    चाँगुनारायण ७ खरिपाटीस्थित श्रीकृष्ण माविको नयाँ भवन एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । बागमती प्रदेश सभाका सदस्य कृष्णलाल भँडेल र चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

    कार्यक्रममा प्रदेश सांसद भँडेलले विद्यालयका लागि आफ्नो तर्फबाट आ.ब. २०७७/०७८ को प्रदेश पूर्वाधार बिकास कोष (सांसद बिकास कोष) मार्फत रु २५ लाख सहयोग गर्ने प्रतिबद्धता पनि प्रकट गरेका छन् । त्यसैगरी नगर प्रमुख मिश्रले स्कूललाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने जानकारी गराए ।

    राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाई (शिक्षा) अन्तर्गतको उक्त भवन पुननिर्माणका लागि शर्मा खानी जेभी निर्माण कम्पनी काठमाडौंले निर्माणको ठेक्का पाएको छ । भवनको कुल लागत रु २ करोड ४८ लाख १९ हजार २ सय ७७ रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले जानकारी गराए । उनले विद्यालयलाई नगरपालिकाको शैक्षिक केन्द्र बनाउने बताए ।

    सो अवसरमा चाँगुनारायण–६ का वडाध्यक्ष सन्तबहादुर वाइबा, ७ का वडाध्यक्ष ज्ञानबहादुर केसी, विद्यालयका प्रधानाध्यापक कृष्णहरी बल्ल,विद्यालयका मावितर्फका संयोजक जीवन गिरी लगायतले भवन समयमै सम्पन्न गरी गुणात्मक शिक्षामा जोड दिइने दावी गरे ।

    ४ तला रहने उक्त ८ कोठे भवन निर्माण आगामी वर्ष माघ सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौता गत चैतमा गरिएको थियो । बजेटको स्रोत नेपाल सरकारबाट १७.६ प्रतिशत ,बैदेशिक ऋण ७४.९ प्रतिशत र बैदेशिक सहायता ७.५ प्रतिशत रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खत्रीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...