News Portal

  • पेन्सन बुझनका लागि झुलाघाट नाका ५ दिन खोलिने

    १२५२ पटक

    बैतडी, ७ मंसिर । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ । मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस भनेर ५ दिनका लागि नाका खोल्ने तयारी भएको उनले बताए ।

    नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।

    पेन्सनधारी नागरिकहरुले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । पेन्सनधारी नागरिकको समस्यालाई मध्यनजर गरेर नाका खोलिन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।

    बैतडीमा १२ सय बढी भारतीय पेन्सनधारी नागरिक रहेका छन् । ५ दिनभित्र पेन्सन बुझ्नका लागि नाका खोलिन लागेको हो । नाकामा पेन्सनधारीहरुले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने पनि सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।

    गत २०७६ चैत महिनामै नाकाबन्दी भएपछि पेन्सन बुझ्न नपाएका भारतिय पेन्सनधारीहरुलाई दैनिक छाक टार्नै समस्या भ्एको छ । सुर्नया २ का हरिजितसिंह पाण्डेले भने ‘हामीलाई पेन्सन बुझ्न नपाउदाँ निकै समस्या भएको छ । पेन्सन नबुझेको ९ महिना भयो, यदि ११महिना सम्म झुलाघाटबाट पेन्सन ल्याउन नसकेमा हामीले इलाबाद जानुपर्छ, उता फेरी धेरै कागजात पु¥याउनुपर्छ, हामी सबै बृद्ध मान्छे छौँ, समस्या हुन्छ, तर अहिले नाका खुल्ने खबर पाउदाँ खुसि भएका छौँ ।’

    विगतमा भारतमै काम गरेका पेन्सनधारीले पाउदैँ आएको जेष्ठ नागरिक भत्ता समेत सरकारले कटौती गरेको हुदाँ झन समस्या भएको दशरथचन्द नगरपालिका ६का अविषेक जोसीले बताए ।

    बिगतमा भारतिय पेन्सनधारीले नेपालबाट बृद्धभत्ता समेत पाउदैँ आएकोमा अहिले त्यो पनि कटौती हुदाँ आफुहरुले नाकाबन्दीको समयमा चाडपर्वमा समेत बेखर्ची बस्नुपरेको उनले बताए । भारतिय पेन्सन बुझ्नका लागी नेपालमै कुनै बैंक स्थापना गरिदिन भारतीय पेन्सनधारीहरुको माग छ । बैंक स्थापनाका लागी समेत पहल भैरहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी जेगीले बताए ।

    यो समाचार आजको राजधानी दैनिकमा सीपी लोहियाले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...