News Portal

  • जिउँदो सालकसहित प्रहरी नै पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० मङ्सिर
    १०९६ पटक
    भक्तपुर, १० मङ्सिर

    भक्तपुरको लोकन्थलीमा अवैधरुपमा जिउँदो सालक लिएर हिडिरहेका दुईजना पक्राउ परेका छन् । विशेष सूराकीको आधारमा महानगरीय प्रहरी परिसर, भक्तपुरले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा एक प्रहरी नै परेका छन् । प्रहरी निरीक्षक सुदन केसीको कमाण्डमा खटिएको प्रहरी टाेलीले सेतो बोरा भित्र प्लाईको बाकसमा जिउँदो सालक लिएर हिडिरहेको अवस्थामा २७ वर्षीय धुर्व बहादुर मगर र ३१ वर्षीय भिम बहादुर मगरलाई बुधवार पक्राउ गरेको हो । पक्राउ परेका भिम बहादुर बहालवाला सशष्त्र प्रहरी भएको डिएसपी दिपक गिरीले जनाएका छन् ।

    उनीहरु धादिङ शितली गापा ३, झार्लाङदी घर भई हाल काठमाण्डौ २६ मा बस्दै आएका बुझिएको छ । पक्राउ परेका दुबैजनालाई महानगरीय प्रहरी परिसरमा राखी थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । सालक बोकेर हिड्नु गैरकानुनी मानिन्छ । यसको चोरी सिकारी गर्नेलाई ४० देखि ७५ हजार रुपैयाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने निकुञ्ज ऐनमा व्यवस्था छ ।

    के हो सालक
    सालक एक लोपोन्मुख वन्यजन्तु हो।यसको शरीर ठुलाठुला कत्लाले ढाकिएको हुन्छ। यो प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू-भागमा पाइन्छ। नेपालमा धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौँको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पाइने वन्यजन्तुविज्ञ बताउँछन्। तर अन्य क्षेत्रमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् ।

    सालको जंगलमा भेटिने भएकोले यसलाई सालक भनिएको हुनसक्छ । सालकले मुख्य आहार धमिरा, कमिला र सान किराहरु हुन । एउटा सालकले १ वर्षमा ७ करोडभन्दा बढी धमिरा र कमिला र किरा खान्छ । धमिरा नियन्त्रणमा यसको ठूलो महत्व छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...