News Portal

  • नेपाल मानव अधिकार संगठन, भक्तपुरद्वारा १० डिसेम्वरकाे अवसरमा दीप प्रज्वलन

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २५ मङ्सिर
    १२३९ पटक
    भक्तपुर, २५ मङ्सिर

    ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्वर) को उपलक्ष्यमा नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भक्तपुरले दीप प्रज्वलन कार्यक्रमा सम्पन्न गरेको हो ।

    कोरोनावाट मुक्ति, शान्ति, सामाजिक सद्भाव र राजनीतिक स्थिरताको कामना गर्दै मानव अधिकारवादीहरुको सहभागीतामा टौमढीस्थित न्यातापोल मन्दिर प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम गरिएको शाखाका सभापति रामकृष्ण मानन्धरले बताए ।

    सभापति रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्री योगेन्द्रमान बिजुक्छेँ र पूर्व सभापति तथा सल्लाहकार श्री विश्वमोहन जोशीको आतिथ्यता एवं जिल्लाका मानवअधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

    ‘पुन:प्राप्त गर र मानवअधिकारका लागि खडा होउ’ भन्ने नाराका साथ ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस देशभर मनाइँएको र भक्तपुरमा दीप प्रज्वलन सहित यो दिवस सम्पन्न भएकाे हाे ।

    सन् १९४८ डिसेम्बर १० मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ । कोरोना संक्रमण जोखिमका कारण राष्ट्रसंघले मानव अधिकारलाई केन्द्रमा राखेर पहिलेकै अवस्थामा फर्कन विश्व केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...