News Portal

  • काँग्रेस सभापति थापाको कटाक्ष : पाँचतले मन्दिरको पनि शिलान्यास र उद्घाटन हुनसक्छ

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २९ मङ्सिर
    १४३९ पटक
    भक्तपुर, २९ मङ्सिर

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ । भक्तपुरमा पनि र्याली र आमसभा सहित नेपाली काँग्रेसले आफ्नो शक्ति प्रदर्शन सम्पन्न गरेको छ ।

    पछिल्लो पटक तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि तात्तिएको काँग्रेसले सोमबारको शक्तिप्रदर्शनलाई सरकारको सर्वसत्ताबाद बिरुद्ध बिरोध प्रदर्शन भनेको छ । अपरान्हपछि एकसाथ देशभर नेपाली काँग्रेस सडकमा उत्रिएको हो । भक्तपुरमा सृजनानगरबाट काँग्रेसले सरकार बिरोधी नाराजुलुस गर्दै र्याली लगाएको थियो । उक्त र्याली सूर्यविनायक पुगी सभामा परिणत भएको थियो ।

    प्रमुख वक्ताको रुपमा सभालाई नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले सम्बोधन गरेका थिए । ओली सरकार मनोमानी ढंगले अगाडि बढेको, भ्रष्टाचार बढेको र जनअपेक्षाअनुसार काम नभएकोले काँग्रेस सडकमा उत्रनु परेको उनले बताए । सोमबारको बिरोध सांकेतिक भएको र अझ सशक्त बिरोधका लागि काँग्रेस तयार भएको उनले सरकारलाई चेतावनी दिए ।

    विरोध सभालाई सम्बोधन गर्दै भक्तपुर सभापति दुर्लभ थापाले भक्तपुरमा विकासको नाममा सतारुढ़ दलले जनतालाई भ्रमित गरिरहेको आरोप लगाए । कांग्रेसकै पालामा भएको विकासलाई पनि आफूले गरेको भन्दै शिलान्यास र उद्घाटन गरिने गरिएको उनको आरोप छ । सतारुढ़ दलका सांसद महेश बस्नेतप्रति कटाक्ष गर्दै उनले भने, ”यस्तै हो भने पाँच तले मन्दिरको पनि कुनैदिन शिलान्यास र उद्घाटन हुनसक्छ ।” उनले भक्तपुरमा भएको भनिएको बिकास फेसबुके प्रोपोगान्डा भएको गम्भीर आरोप लगाएका छन्  ।

    साँगाको महादेव मन्दिर जोड्ने पुलप्रति पनि उनले आपत्ति प्रकट गरे । तुइनबाट नदि तर्न बाध्य नेपालीलाई साँगाको झोलुङ्गे पुलले जिस्काएको उनले जिकिर गरे । व्यक्तिलाई फाइदा गराउन सरकारी ढुकुटी दुरुपयोग गरिएको भन्दै उनले चुनावमा सबै हिसाव हुने चेतावनी दिएका छन् । गत उपनिर्वाचनमा कृष्णलाल भडेलको जीतको हवाला दिंदै उनले भने ”अबको निर्वाचनमा भक्तपुरमा काँग्रेसको जीतलाई कसैले रोक्न सक्दैन ।”

    विरोध प्रदर्शनमा नेपाली काँग्रेस भक्तपुरका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...