काठमाडौं, ९ पुस । नेकपा ओली समूहका पार्टीको सातै प्रदेशमा संयोजक तोकिएका छन् ।
बिहीबार बसेको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेशका संयोजक तोकेका हुन् ।
जस अनुसार सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएका छन् ।
जनवर्गीय संगठनको समन्वयमा टोपबहादुर रायमाझीलाई चयन गरिएको छ ।