News Portal

  • मोटरसाइकल चोरीमा संगठित संलग्नता : सूर्यविनायकस्थित वर्कसपका २ संचालकसमेत समातिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ पुस
    २५७८ पटक
    भक्तपुर, २७ पुस

    भक्तपुरमा मोटरसाइकल चोरीको क्रम बढेसंग चोर समात्न सक्रिय प्रहरीलाई एक सफलता मिलेको छ । सूर्यविनायक- १ बाट मोटरसाइकल चोरीको अभियोगमा ३ जना समातिएका छन् ।

    महानगरीय प्रहरी प्रभाग सिरुटारको असई आस्था सुवालको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बा. ९५ प. ६४०५ नं. को कालो रङको २२० सि.सी.को पल्सर मोटरसाइकल रोकी चेकजाँच गर्दा चोरीको मोटरसाइकल भएको पत्ता लागेको थियो । उक्त मोटरसाइकल चालक धादिङ गजुरी गा.पा. वडा नं. ४ बस्ने बर्ष २५ को राजन लामालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त मोटरसाइकल चोरीको भएको भन्ने खुलेको डिएसपी दिपक गिरीले जानकारी दिए ।

    मोटरसाइकलसहित पक्राउ परेका चालक राजन लामाले अर्को बा. ७२ प. ७९४९ नं. को २२० सि.सी. पल्सर मोटरसाइकल पनि चोरी गरी सूर्यविनायक-१ विरुवा स्थित विन्दबासिनी मोटरसाइकल वर्कसपमा विक्री गरेको खुल्न आएपछि मोटरसाइकल चोरीमा संगठित चोरहरु सामेल हुनसक्ने प्रहरीको भनाइ छ । अभियुक्त लामाको साविती बयानपछि विन्दबासिनी मोटरसाइकल वर्कसपमा छापा मारी प्रहरीले संचालकद्वय नुवाकोट दुप्चेश्‍वर गा.पा. वडा नं. ५ घर भई हाल जिल्ला सूर्यविनायक-१ विरुवा बस्ने बर्ष २९ को सुनिल तामाङ र पर्साकाे वीरगंज राधेमाई न.पा. वडा नं. ६ घर भई हाल विरुवा नै बस्ने बर्ष २० को पप्पु पटेललाइ पक्राउ गरेकाे बताइएकाे छ ।

    भक्तपुर प्रहरी प्रमुख रहेकी एसपी तारादेवी थापाले दिएको जानकारी अनुसार नियन्त्रणमा लिइएका तीनैजनालाई भक्तपुर प्रहरीले थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त नयाँ बानेश्‍वर पठाएको छ । चोरी भएका मोटरसाइकलहरु महानगरीय प्रहरी बृत्त नयाँ बानेश्‍वरको एरियाबाट चोरी भएको पुष्टि भएपछि अभियुक्तहरुलाई प्रारम्भिक अनुसन्धान पश्‍चात थप अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त नयाँबानेश्‍वर पठाइएको एसपी थापाले जनाएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...