कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसंगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको हो ।
न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरिदिएको रजिस्ट्रारले जनाएका हुन् । सर्वोच्चले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको बताइएको छ । यो आदेशले आगामी शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ का कक्षा संचालन हुने आधार तय भएकोछ ।
नयाँ पाठ्यक्रम लागू गर्न नहुने भन्दै सर्वोच्चमा भागवत अर्याललगायतको रिट निवेदन परेको थियो ।