News Portal

  • मध्यपुरमा सिलाई प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, २९ पुस
    १३१५ पटक
    मध्यपुर थिमि, २९ पुस

    मध्यपुर थिमिस्थित सिद्धिकाली सिलाई प्रशिक्षण केन्द्रको आयोजनामा सिलाई प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । प्रशिक्षणमा सहभागी ४० जना प्रशिक्षार्थी महिलाहरुलाई प्रमाण पत्र वितरण गरिएको हाे ।

    केन्द्रकी अध्यक्ष सुष्मा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी र पूर्व मेयर मदनकुष्ण श्रेष्ठ लगायत अतिथिकाे रुपमा उपस्थित रहेका थिए । सीपले महिलाहरुलाइ राेजगार र आत्मनिर्भर बनाउने भन्दै उनीहरुले सिद्धिकाली सिलाई प्रशिक्षण केन्द्रलाइ धन्यवाद दिनुका साथै प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

    विगत तिन महिनादेखि मध्यपुर थिमिका महिलाहरुलाई तह १ र २ काे सिलाई प्रशिक्षण दिइएको थियो । तह १ मा गंगा अवाल र २ मा तुल्सीकृष्ण श्रेष्ठ र सुष्मा श्रेष्ठ प्रशिक्षक रहेका थिए ।

    कार्यक्रममा प्रशिक्षक तुल्सीकृष्ण श्रेष्ठ, गैारी इन्टरनेशनल टेक्निकल ऐकेडेमी प्रा.लि.का अध्यक्ष राजेन्द्र राउत, मध्यपुर थिमि नपा वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठले समेत मन्तव्य दिएका थिए ।

    कार्यक्रममा सांगितिक प्रस्तुती रहनुका साथै प्रशिक्षार्थीहरुले सिलाएका पोशाकहरु पनि प्रदर्शनीमा राखिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...