News Portal

  • पलाँसेमा सुरक्षा गार्ड मृत अवस्थामा फेला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ माघ
    ८५० पटक
    भक्तपुर, १ माघ

    सूर्यविनायक-९ पलासे स्थित गणेश बाल विकास स्कूल नजिकैको खोल्सामा मृत अवस्थामा भेटिएको शवको पहिचान भएको छ । बिहीवार बिहान उक्त खोल्सामा शव फेला परेको हो ।

    प्रहरीका अनुसार मृतक बाल विकास स्कूलका सुरक्षा गार्ड साइला भनिनें लक्ष्मीदास श्रेष्ठ हुन् । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा. वडा नं. ५ घर भई सूर्यविनायक- ९ महत गाँउ बस्ने ४५ वर्षीय साइला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले पुष्टि गरेको हो ।

    मृतक श्रेष्ठ दिउसोको समयमा ज्याला मजदुरीको काम गर्ने र रातको समयमा गणेश बाल विकास स्कूलमा सुरक्षा गार्डको काम गर्ने भन्ने बुझिएको डिएसपी दिपक गिरीले जानकारी दिए । मादक पदार्थ सेवन गरी आफू बसेको कोठामा फर्किने क्रममा खोल्सामा आफै लडी मृत्यू भएको प्रहरीले अनुमान गरेको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...