News Portal

  • भक्तपुरबाट पैसा चोरी फरार भएको अभियोगमा एक युवक ललितपुरबाट पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ माघ
    ८४८ पटक
    भक्तपुर, ८ माघ

    गत आइतवार विहान भक्तपुरको होटलबाट पैसा चोरी फरार भएको अभियोगमा ललितपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवक रामेछाप मन्थली घर भई हाल ललितपुरको गोदावरी- ६ फैडोल बस्ने ३० वर्षीय राज कुमार धामी हुन् ।

    प्रहरीका अनुसार भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी चोङ्गा गणेश मोडस्थित भिमेश्वर म:म सेन्टरको काउन्टरबाट १ लाख ७० हजार नगद चोरेर धामी फरार भएका थिए । हाेटल  संचालक दोलखाकाे सैलुङ गाउँपालिका -८ घर भई हाल दधिकोट कोठा गरी बस्ने बर्ष ३१ को शंखर खत्री हुन् ।

    संचालक खत्रीले सोही होटलमा काम गर्ने धामीले गत आइतबार  पैसा चोरेर फरार भएका जिकिर गरेका छन् । संचालकले किटानी जाहेरी गरेपछि धामीलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी नायब निरीक्षक टपेन्द्र भण्डारीको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

    बुधवार बेलुकी ललितपुरको गोदावरी६ फैडोलमा उनलाई फेला पारी भक्तपुर ल्याइएको र प्रारम्भिक अनुसन्धानमा उनले चोरी स्वीकार गरिसकेको डिएसपी दिपक गिरीले जानकारी दिए । बिहीवार जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिई घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...