News Portal

  • तजटोलमा फल्चा तथा बहुउपयाेगी सामुदायिक भवनको शिलान्यास

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १० माघ
    १२४६ पटक
    भक्तपुर, १० माघ

    सूर्यविनायक नगरपालिका वडा नम्बर ५ स्थित जस्तिक तजटोलमा फल्चा(पाटी) तथा सामुदायिक भवन निर्माण हुने भएको छ । शनिवार उक्त फल्चा तथा सामुदायिक भवनको शिलान्यास सम्पन्न भएको हो ।

    २०७२ सालको महाभूकम्पका कारण पूर्ण क्षती भएको पुरानो ऐतिहासिक पाटी सरकारको उदासिनताका कारण पुननिर्माण हुन नसकेपछि स्थानीयको अग्रसरतामा ५ वर्षपछि शिलान्यास भएको छ । पाटीको शिलापत्र, कलात्मक पुरातात्विक काठपात लगायतका धरोहर हराउने क्रम बढेसंगै पाटी निर्माणका स्थानीय आफै अग्रसर बनेका हुन् ।

    जस्तिक तलटोल विकास संस्थाले उक्त पाटी निर्माणको पहलकदमी लिएको हो । हनुमती खोला नजिकको सार्वजनिक जग्गाको संरक्षण र स्थानीय सुविधाका लागि पाटी तथा सामुदायिक भवनको निर्माण योजना अघि सारिएको संस्थाका अध्यक्ष जीवन तज(दिलकृष्ण) ले जानकारी दिए ।

    आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता समेत रहेका तजका अनुसार शिलान्यास भएको सामुदायिक भवन ३ तले निर्माण गरिने लक्ष रहेको छ । उक्त भवनमा क्रियापुत्रीका लागि छुट्टै कोठा, सानोतिनो भोजभतेरका लागि पर्याप्त ठाउँ र सभाहल समेत व्यवस्था हुने उनले बताए । अध्यक्ष तजका अनुसार करिब ७० लाख लागत अनुमान गरिएको उक्त पाटी तथा सामुदायिक भवन सरकारी सहयाेग, चन्दा संकलन र जनश्रमदानबाट निर्माण सम्पन्न गरिने लक्ष लिइएको छ ।

    शनिवार विहान संस्थाका अध्यक्ष जीवन तज (दिलकृष्ण)को अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडाध्यक्ष राजकुमार जोशी प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए भने संस्थाका सचिव राजेश तजले कार्यक्रम संचालन गरेका थिए । उक्त अवसरमा स्थानीय उपभोक्ताहरुको उत्साहप्रद सहभागीता रहेको थियो ।

    प्रस्तावित उक्त भवनको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार जोशीले वडाले ५ लाख रुपियाँ उपलब्ध गराएको र थप रकम उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिवद्धता प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...