News Portal

  • भक्तपुरमा कोभिड-१९ विरुद्धको खोप शुरु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ माघ
    ११०३ पटक
    भक्तपुर, १४ माघ

    भक्तपुर अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यको शुरुवात भएको छ । बुधबार अस्पतालका मेडिकल स्टाफले खोप लगाएपछि भक्तपुरमा पनि कोभिड-१९ विरुद्धको खोप लगाउने कार्य शुरु भएको हो ।                                                                                                           अस्पतालकी  मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले खोप लगाइ खोपको शुरूवात गरेकी हुन् । उनी संगै डाक्टर सुनिल ढुंगेल,डाक्टर कन्चन दाहाल,डाक्टर सुरज धौभडेल नर्सिङ इन्चार्ज रोसनी श्रेष्ठ लगायतले खोप लगाएका छन् ।                                                                                     भारत सरकारबाट प्राप्त खोप नेपाल सरकारले सफाइ र स्वास्थ्य कर्मचारी लाई पहिलो प्राथमिकतामा उपलब्ध गराएसंगै भक्तपुर अस्पतालले खोप प्राप्त गरेको हो । खोपको असरबारे अनेक नकारात्मक हल्ला चलेपनि भक्तपुर अस्पतालमा यसको सफल शुरूवात भएको मेसु डा गौतमले जनाएकी छन् ।                                                                                                 मेसु डा गौतमका अनुसार भक्तपुर अस्पतालका सबै स्टाफलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध छ । उनले खोप उपलब्ध गराएवापत नेपाल सरकरलाई  धन्यवाद ब्यक्त गरेकी छन् । कोभिड बिरुद्ध अग्र मोर्चामा रहेको भक्तपुर अस्पताललाई प्राथमिकता दिएर खोप उपलब्ध गराएको भन्दै उनले संतोष ब्यक्त गरेकी हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...