News Portal

  • बाँँकेमा हत्या, भक्तपुरमा पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ माघ
    १००३ पटक
    भक्तपुर, १६ माघ

    बाँकेको नेपालगन्जमा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको हत्या गरि फरार रहेको आरोपमा एक अभियुक्त भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुरको चाँँगुनारायण-९ ताथलीबाट उनी पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा बाँकेको नेपालगञ्जकै १८ वर्षीय विवेक परियार रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परियार नेपालगन्जमा अनुसन्धान बिभागका सूचक प्रवीण थापाको हत्यामा संलग्न भइ फरार रहेका थिए ।

    भक्तपुर प्रहरीको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार अभियुक्त  परियारलाई पक्राउ गरेको बताइएको छ । ताथलीमा लुकिछिपी रहेको अवस्थामा उनी पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुुख रहेकी एसपी तारादेेेेवी थापाले अभियुक्तको भक्तपुर कनेक्सनबारे अनुसन्धान भैरहेको भक्तपुर पोस्टलाई जानकारी गराएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...