News Portal

  • भक्तपुरमा कार्यरत इन्स्पेक्टर बुढाथोकी डिएसपीमा बढुवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ माघ
    १८२० पटक
    भक्तपुर, १९ माघ

    नेपाल प्रहरीले आफ्ना ४६ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ । आइतवार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

    बढुवा सिफारिसमा भक्तपुर प्रहरीका एक इन्स्पेक्टर पनि परेका छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरमा कार्यरत इन्स्पेक्टर सुवास बुढाथोकी बढुवा सिफारिसमा परेका हुन् ।

    बुढाथोकी सिन्धुपाल्चोकका बासिन्दा हुन् । चोरी अनुसन्धान शाखा महाराजगंजबाट उनी गत असोजमा सरुवा भै भक्तपुर आएका थिए । प्रहरी प्रधान कार्यालयले जनाए अनुसार उनी ९२.८३ प्राप्ताङ्क सहित ११ औं नम्बरमा बढुवाका लागि सिफारिस भएका छन् ।

    डिएसपी बढुवाका लागि चिरन्जीवी दाहाल, रेशम बोहोरा र भोलाकुमार भट्ट समान अंक सहित पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका छन् भने अन्तिम नम्बरमा इकवाल हवारी सिफारिसमा पर्न सफल भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...