News Portal

  • सहसचिवसरह सुबिधा बुझ्नेगरी नेता श्रेष्ठ भूमिसम्वन्धी समितिको भक्तपुर संयोजक नियुक्त

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, १९ माघ
    २८६३ पटक
    भक्तपुर, १९ माघ

    सरकारले भूमि व्यवस्था समस्या समाधान समितिको भक्तपुर जिल्ला अध्यक्षमा मोहनवीर श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठ पूर्व गाविस अध्यक्ष एवं सतारुढ़ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जिल्ला नेता हुन् ।

    सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित रुपले सरकारी जग्गामा बसेकालाई बसोबासको व्यवस्था मिलाउन नेकपा चितवनका नेता देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरेको छ । सोही आयोग अन्तर्गत ७७ जिल्ला समिति गठन गरिएको हो ।

    जिल्ला अध्यक्षले सरकारको सहसचिव बरावर तलव सुबिधा बुझ्नेछन भने उनका लागि गाडी, इन्धनलगायतको सुविधासमेत दिइनेछ । भक्तपुर जिल्ला समितिमा २ सदस्य समेत नियुक्त भएका छन् । उनीहरु अनिल श्रेष्ठ र उत्तरा नेपाल हुन् । उनीहरुको लागि शाखा अधिकृतसरहको तलब सुविधा सरकारले व्यहोर्ने बताइएको छ ।  जिल्ला समितिमा जिल्लास्थित बन, नापी र भुमी व्यवस्था कार्यालयका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ भने जिल्ला समन्वय अधिकारीलाई सदस्य सचिव तोकिएको छ ।

    यसअघि यस्ता १४ आयोग गठन गरेपनि समस्या ज्युँका त्युँ भएकोले कार्यकर्तालाई जागिर दिने मेलोको रुपमा यसलाई हेरिएको छ । यद्यपी, सरकारले भने यस पटकको आयोग र जिल्ला समितिले यस अघि समाधान हुन नसकेका तमाम समस्या समाधान गर्ने दावी गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...