News Portal

  • भक्तपुर इन्चार्ज प्रजापतिको प्रष्टेेाक्ति: बन्द फिर्ता भएको छैन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ माघ
    १०३९ पटक
    भक्तपुर, २१ माघ

    आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको भोलि बिहीबारको नेपाल बन्द फिर्ता नभएको उक्त पार्टीका भक्तपुर इन्चार्ज दिलिप प्रजापतिले प्रष्ट पारेका छन् । सामाजिक संजालमा बन्द फिर्ताको भ्रामक प्रचार गरिएको भन्दै प्रतिगमनका मतियारहरुको भ्रममा नपर्न उनले आह्वान गरे ।

    भक्तपुर पोस्टसंग कुरा गर्दै इन्चार्ज प्रजापतिले प्रधानमन्त्री केपी ओलीले नियोजित रुपमा बन्द फिर्ताको हल्ला चलाउन लगाएको आरोप लगाए । प्रमका साइबर सेनाले बन्द फिर्ताको हल्ला चलाएको उनको आरोप छ ।                                                                                                                                  ओली सरकारले बलजफ्ति संवैधानिक अङ्गहरुको पदाधिकारी र सदस्यहरुको शपथग्रहण गराएको बिरोधमा र  प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक एवं प्रतिगामी कदमलाई खारेज गर्न बन्द र आम हड्ताल गर्नुुुपरेको उनले जिकिर गरेका छन् ।  बन्द र आम हड्तालबाट सर्वसाधारणलाई पर्नजाने असर प्रति क्षमायाचना गर्दै उनले यो आफूहरुको रहर नभइ बाध्यता भएको बताए । संविधान र लोकतन्त्रको रक्षाका लागि भक्तपुरका आम जनताले बन्द र आम हड्तालमा साथ दिने उनले अपेक्षा समेत ब्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...