News Portal

  • बन्द भक्तपुरमा शान्तिपूर्णरुपमा सफल : प्रहरी सक्रियताले टर्यो सम्भावित झडप

    बाबुराम दाहाल / भक्तपुरपोस्ट भक्तपुर, २२ माघ
    १०७५ पटक
    भक्तपुर, २२ माघ

    आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्द भक्तपुरमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । अन्य जिल्लाको तुलनामा भक्तपुरमा प्रहरी दमन र मुढभेढ भएन ।                                                                                                     बन्द र आम हड्तालको भक्तपुरमा आंशिक प्रभाव परेको छ । भक्तपुरमा सार्वजनिक यातायात, बित्तिय संस्था, स्कूलकलेज र अन्य कार्यालयहरु ठप्प भएका थिए भने अत्यावश्यक सवारी साधन र केही निजी सवारी निर्वाध चलेका देखिन्थे । बजार बन्द प्राय रहेपनी केहि पसलहरु खुलेका थिए ।  बन्दकर्ताहरु सडकमा देखिएपनि उनीहरुले बन्दका लागि बल प्रयोग गरेको भने देखिएन ।                                                                                                                                             भक्तपुर इन्चार्ज दिलिप प्रजापतिको नेतृत्वमा रहेको उक्त टोली सम्यमित र शालिन देखिन्थ्यो । उनीहरुले सडकमै जनवादी गीत घन्काएर नाचेका थिए । सडकमै खाएका थिए  र बन्दमा समर्थन र सहयोगका लागि सडकबाटै सर्वसाधारणलाई अपिल गरेका थिए ।                                                                                                                                                         आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बन्दकर्ताहरु सडकमै रहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकर्ता सोही बाटो हुँदै मार्च पास गर्न खोजेपछि मुढभेढको स्थिति बनेको थियो । भक्तपुर प्रहरी प्रमुख रहेकी एसपी तारादेवी थापाको  सुझबुझपछि व्यापक प्रहरी सकृयता भएको थियो भने सत्तारूढ नेकपाका युवाहरु लाई पुरानो बाटो बाट प्रहरी स्कर्टिङ सहित मार्चपास गराइएको थियो । नयाँ बाटोमा परिआए मुढभेढको मनस्थितिमा बसेका आन्दोलनरत नेकपा र आन्दोलन निस्तेज पार्न कस्सिएका सतारुढ नेकपाका कार्यकर्ता बीच भेट हुन नपाएपछि भक्तपुरको सम्भावित झडप टरेको हो ।                                                                                                                          आन्दोलनरत नेकपाले भक्तपुरमा आफूहरुको बन्द सफल रहेको दावी गरेको छ । पार्टी सचिव डिपी ढकालले साथ र सहयोगका लागि आम जनसमुदाय लाई धन्यवाद दिँदै आन्दोलन सफल गराएवापत कार्यकर्तालाई बधाई दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...