आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्द भक्तपुरमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । अन्य जिल्लाको तुलनामा भक्तपुरमा प्रहरी दमन र मुढभेढ भएन । बन्द र आम हड्तालको भक्तपुरमा आंशिक प्रभाव परेको छ । भक्तपुरमा सार्वजनिक यातायात, बित्तिय संस्था, स्कूलकलेज र अन्य कार्यालयहरु ठप्प भएका थिए भने अत्यावश्यक सवारी साधन र केही निजी सवारी निर्वाध चलेका देखिन्थे । बजार बन्द प्राय रहेपनी केहि पसलहरु खुलेका थिए । बन्दकर्ताहरु सडकमा देखिएपनि उनीहरुले बन्दका लागि बल प्रयोग गरेको भने देखिएन । भक्तपुर इन्चार्ज दिलिप प्रजापतिको नेतृत्वमा रहेको उक्त टोली सम्यमित र शालिन देखिन्थ्यो । उनीहरुले सडकमै जनवादी गीत घन्काएर नाचेका थिए । सडकमै खाएका थिए र बन्दमा समर्थन र सहयोगका लागि सडकबाटै सर्वसाधारणलाई अपिल गरेका थिए । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बन्दकर्ताहरु सडकमै रहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकर्ता सोही बाटो हुँदै मार्च पास गर्न खोजेपछि मुढभेढको स्थिति बनेको थियो । भक्तपुर प्रहरी प्रमुख रहेकी एसपी तारादेवी थापाको सुझबुझपछि व्यापक प्रहरी सकृयता भएको थियो भने सत्तारूढ नेकपाका युवाहरु लाई पुरानो बाटो बाट प्रहरी स्कर्टिङ सहित मार्चपास गराइएको थियो । नयाँ बाटोमा परिआए मुढभेढको मनस्थितिमा बसेका आन्दोलनरत नेकपा र आन्दोलन निस्तेज पार्न कस्सिएका सतारुढ नेकपाका कार्यकर्ता बीच भेट हुन नपाएपछि भक्तपुरको सम्भावित झडप टरेको हो । आन्दोलनरत नेकपाले भक्तपुरमा आफूहरुको बन्द सफल रहेको दावी गरेको छ । पार्टी सचिव डिपी ढकालले साथ र सहयोगका लागि आम जनसमुदाय लाई धन्यवाद दिँदै आन्दोलन सफल गराएवापत कार्यकर्तालाई बधाई दिएका छन् ।
बन्द भक्तपुरमा शान्तिपूर्णरुपमा सफल : प्रहरी सक्रियताले टर्यो सम्भावित झडप
बाबुराम दाहाल / भक्तपुरपोस्ट भक्तपुर, २२ माघ
भक्तपुर, २२ माघ वातावरण विद खनाललाई पितृशोक
बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...
सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...
चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति
नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ
नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...
समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई