News Portal

  • भक्तपुरमा कपडा धुने वासिंग मेसिनमा परी एक महिलाको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ फागुन
    २२२७ पटक
    भक्तपुर, २ फागुन

    भक्तपुरमा कपडा धुने वासिंग मेसिनमा परी एक महिलाको ज्यान गएको छ । वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा वासिङ मेसिन भित्र घुम्ने फलामको रडमा परी आइतवार उनको ज्यान गएको प्रहरीले जनाएको हो ।

    ज्यान गुमाउनेमा सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेवी अस्थायी ठेगाना भएकी दोलखाको भिमेश्वर नगरपालिका वडा नं. ९ लाकुरीडाँडाकी कमला के.सी. हुन् । चुनदेवीस्थित लाईभ स्टार कपडा वासिङ सेन्टरमा काम गर्ने उनी वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा वासिङ मेसिन भित्र घुम्ने फलामको रडमा अचानक पर्न जाँदा घाईते भएकी बताइएको छ । अचेत अवस्थामा लडिरहेको देखेपछि कम्पनीका संचालक साजन पराजुलीले उनलाई तत्काल उपचारको लागी मध्यपुर अस्पताल पुर्याएको बयान दिएका छन् ।

    अस्पताल पुग्नु अघि नै केसीले ज्यान गुमाइसकेको सम्बन्धित चिकित्सकले पुष्टि गरेका छन् । अस्पताल गई बुझ्दा गम्भिर घाइते कमला के.सी. अस्पताल पुर्याउदा नै मृत्यु भएको भन्ने सम्बन्धित चिकित्सकले जानकारी दिएको महानगरीय प्रहरी बृत्त जगातीले जनाएको हो । वृत्त प्रमुख रहेका डिएसपी राजेश थापाको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...