News Portal

  • कोभिड-१९ विरुद्धको खोप भक्तपुरका पत्रकारका लागि जिल्लामै उपलब्ध

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ४ फागुन
    १०५२ पटक
    भक्तपुर, ४ फागुन

    कोरोना भाइरस संक्रमण (कोभिड-१९) विरुद्धको खोप भक्तपुरमा कार्यरत पत्रकारका लागि जिल्लाभित्रै उपलब्ध गराइएको छ । दुधपाटीस्थित भक्तपुर अस्पतालमा जिल्लामा कार्यरत पत्रकारका लागि खोप सेवा शुरु भएको हो ।

    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुरका पत्रकारले भक्तपुर अस्पतालमा खोप लगाउन सक्ने बताए । खोप लगाउन छुटेका इच्छुक पत्रकारलाई भक्तपुर अस्पतालले उक्त सेवा उपलब्ध गराउने उनको भनाइ छ । सरकारले यस अघि काठमाडौंको मिनभवन स्थित सिभिल अस्पतालमा उपत्यकाभित्रका पत्रकारलाई खोप सेवा दिएको भएपनि विविध कारणबस कतिपय पत्रकार खोप लगाउनबाट बन्चित रहेका थिए । आफ्नै नजिकको भक्तपुर अस्पतालमा सेवा उपलब्ध भएपछि भक्तपुरमा कार्यरत पत्रकारले राहत पाएका छन् । उक्त पहलका लागि अध्यक्ष बुढाथोकी र सिङ्गो महासंघ र हपलकर्ताहरुलाई प्रेस संगठन नेपालका भक्तपुर संयोजक संजीप शुभचिन्तकले धन्यवाद ब्यक्त गरे ।

    अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमका अनुसार पत्रकारहरुले आफू पत्रकार भएको परिचय खुल्ने सूचना विभागद्वारा जारी परिचय पत्र अथवा नेपाल पत्रकार महासंघको सिफारिस पत्रका आधारमा खोप लगाउन पाउनेछन । उक्त खोप निशुल्क सरकारले उपलब्ध गराएको हो ।

    पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उपलब्ध गराइएको खोप अहिले सरकारी कर्मचारी र पत्रकारका लागि उपलब्ध गराइएको छ । मेसु डा गौतमका अनुसार सोमवार मात्र भक्तपुर अस्पतालमा ७५ जनाले खोप लगाएका छन् । खोप पूर्ण सुरक्षित रहेकोले निर्धक्क खोप लगाई सुरक्षित रहन उनले आग्रह समेत गरेकी छन् । भक्तपुरमा मेसु डा गौतमले आफूले पहिलो खोप लगाई खोप लगाउने कार्यको शुरुवात गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...