News Portal

  • टुँडिखेललाई मानव साङ्लोले घेर्दा यस्तो देखियो भक्तपुरको प्रदर्शन (फोटो फिचर)

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ६ फागुन
    १५७५ पटक
    भक्तपुर, ६ फागुन

    आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बिरोधमा उत्रिएको प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले बिहीवार टुँडिखेललाई मानव साङ्लोले घेरेको हो ।

    प्रधानमन्त्री ओलीले पुस ५ गते असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित नेकपाले यो पूर्वनिर्धारित संघर्षको कार्यक्रम सम्पन्न गरेकाे छ । तीन चरणका विरोध तथा संघर्षका कार्यक्रम सम्पन्न गरिसकेको उक्त पार्टीले चौथो चरणको संघर्षको कार्यक्रम अन्तर्गत टुँडिखेललाई मानव साङ्लोले घेरेर बिरोध प्रदर्शन गरेको हो । नेकपाले फागुन १५ सम्म चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

    बिहीवार सम्पन्न टुँडिखेल घेर्ने प्रदर्शनमा भक्तपुरबाट पनि नेकपाका नेताकार्यकर्ता सहभागी भएका थिए । भक्तपुरका इन्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य दिलिप प्रजापति भिष्मको नेतृत्वमा उनीहरुले विद्युत प्राधिकरण अगाडिको आर्कमा मानव साङ्लो बनाएका जिल्ला नेता युवराज आचार्यले जानकारी दिए । उनीहरुले प्राधिकरण अगाडिको निलो आकेसे पुलदेखी बागबजार मोडसम्म फैलिएर मानव साङ्लाे बनाएका थिए । प्रदर्शनमा बागमती प्रदेशका नेता देवेन्द्र श्रेष्ठ दिवाकर, जिल्ला सचिव डिपी ढकाल,जिल्ला नेताहरु श्याम बस्नेत, रजन केसी, जीवन तज लगायतका नेता, कार्यकर्ताको उपस्थिति थियो ।

    उनीहरुले प्रतिनिधिसभाको असंवैधानिक विघटन खारेज गर, असंवैधानिक नियुक्ति खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, प्रतिगमन मुर्दावाद लगायत विभिन्न प्लेकार्ड तथा ब्यानरहरु बाेकेर बिरोध प्रदर्शन गरेका थिए ।
    थप तस्वीरमा

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...