News Portal

  • परीक्षा मर्यादित बनाउन भक्तपुरमा सपथ ग्रहण

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ७ फागुन
    ७१० पटक
    भक्तपुर, ७ फागुन

    भक्तपुर नगरपालिकाले आधारभूत तह (कक्षा ८) को परीक्षा संचालन समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ ।

    आधारभूत तह (कक्षा ८) को उत्तीर्ण परीक्षा-२०७७ को संचालक समिति लाई नगरपालिकाले सपथ ग्रहण गराएको हो ।

    बिहीवार एक कार्यक्रमका बीच नगरप्रमुख सुनिल प्रजापतिले समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यसहित सदस्यहरुको पद तथा गोपनीयताको सपथ गराएका हुन् । कार्यक्रममा सामूहिक परीक्षा समिति, सार्वजनिक मावि संयुक्त परीक्षा समिति, प्याब्सन, इसान एनप्याब्सनका प्रतिनिधिहरुले समेत कक्षा ८ को परीक्षालाई गोप्य, शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गर्न सपथ ग्रहण गरेका छन् ।

    उक्त अवसरमा नगर प्रमुख प्रजापतिले परीक्षा विद्यार्थीको सिकाइ मूल्यांकन गर्ने माध्यम भएकोले यसलाई मर्यादित बनाउनुपर्ने बताए । परीक्षालाई मर्यादित ढंगले संचालन गर्न सकेमात्र शिक्षाको प्रतिफल प्राप्त हुने उनको भनाइ छ । विद्यार्थीलाई अनुशासनमा राख्न र विद्यार्थी र विद्यालयको सिकाइ उपलब्धी जाच्न परीक्षा मर्यादित बनाउनुपर्ने प्रमुख प्रजापतिले प्रष्ट पारे । नगरपालिकाले शिक्षालाई बढी महत्व दिएको स्मरण गराउदै उनले गुणस्तरीय  शिक्षाका लागि  गुणस्तरीय परीक्षा संचालन गर्न निर्देशन दिए ।

     

     

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...