News Portal

  • नेकपा(माओवादी केन्द्र)को भक्तपुर कार्यालयमा राखियो साइनबोर्ड : कार्यकर्ता उत्साहित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ फागुन
    २७५१ पटक
    भक्तपुर, २७ फागुन

    सर्वोच्च अदालतको आदेशपछि पुनर्जीवित भएका नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशैभर आआफ्ना साइनबोर्डसहितका कार्यालयलाई पुनर्जीवन दिइरहेका छन् । यसै बीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भक्तपुर जिल्ला कमिटीले पनि आफ्नो कार्यालयमा साइनबोर्ड राखी कार्यालयलाई पुनर्जीवन दिएको छ ।

    विहीवार दिउँसो भक्तपुर जिल्लाका नेताकार्यकर्ताको उपस्थितिमा साइनबोर्ड राखिएको हो । भक्तपुर नगरपालिका वडा नम्बर १ नपलीस्थित नेकपा(माओवादी केन्द्र) को कार्यालयमा साइनवोर्ड पुनर्स्थापित गरिएको जिल्ला नेता युवराज आचार्यले जनाएका हुन् । उक्त अवसरमा तत्कालीन पोलिटब्युरो सदस्यद्वय दिलिप प्रजापति ‘भिष्म’ र देवेन्द्र श्रेष्ठ ‘दिवाकर’ त्यसैगरी तत्कालीन जिल्ला संयोजक डिपी ढकाल, बागमती प्रदेश सांसद समेत रहेकी जिल्ला नेतृ प्रतिमा श्रेष्ठ, युवा नेता दिनेश थपलिया आक्रोश,सुमन दाहाल, विद्यार्थी नेता विराज थापा लगायतका नेताकार्यकर्ताहरु सहभागी रहेका थिए । नेकपा(एमाले) भक्तपुरले भने मंगलवार नै सूर्यविनायकस्थित कार्यालयमा आफ्नो साइनबोर्ड राखिसकेको छ ।

    पार्टी अध्यक्ष प्रचण्डको पहल र नेतृत्वमा कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने उदेश्यले बनाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अस्तित्व अस्वीकार गर्दै सर्वोच्च अदालतले पुरानै दल कायम गर्न आदेश दिएपछि भक्तपुरमा पनि नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को साइनबोर्ड राखिएको नेता देवेन्द्र श्रेष्ठ दिवाकरले जानकारी दिए । त्यसैगरी अर्का नेता दिलिप प्रजापति भिष्मले आम कार्यकर्ताको उत्साहलाई केन्द्रले उच्च मूल्यांकन गर्दै आगामी कार्यदिशा तय गरिने बताउदै सहभागिताको लागि धन्यवाद व्यक्त गरेका थिए ।

    उक्त अवसरमा जिल्ला संयोजक डिपी ढकालले अब पार्टी कार्यालयसंगै पार्टी संगठनले पनि पुनर्जीवन पाउने भन्दै विगत बाट पाठ सिकेर संगठनलाई थप मजबुद र एकातावद्ध गरी अघि बढाउने प्रतिवद्धता प्रकट गरे ।

    नेताहरुले सत्ताको चास्नीमा नडुबी पुरानो पार्टीमा फर्किएका आम कार्यकर्तालाई बधाई दिंदै पार्टीको असली सम्पत्ति सत्ता नभई कार्यकर्ता र जनता नै भएको र त्यसमा नेकपा(माओवादी केन्द्र) ले आफ्नो बिरासत कायम राखेको बताए ।

    पार्टी कार्यालयको पुनर्स्थापनापछि सहभागीहरुले एकापसमा लड्डु खुवाउदै खुशी साटासाट गरेका थिए । पार्टी एकतापछि बैठक नै बस्न नसकी मृत प्रायः रहेको पार्टीले नयाँ जीवन पाएको उनीहरूको निस्कर्ष रहेको छ । सर्वोच्च अदालतको आदेशले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको शोकलाई शक्तिमा बदल्दै संगठित बन्ने र नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन नेकपा(माओवादी केन्द्र) लाई थप सशक्त बनाउन योगदान गरिरहने उनीहरूले प्रतिवद्धता प्रकट गरेका छन् ।

    वाइसिएल कार्यालय पनि पुनर्स्थापित

    यसैबीच बिहीवार नै भक्तपुर जिल्लामा नेकपा(माओवादी केन्द्र) को युवा संगठन वाइसिएल नेपालको पनि कार्यालय पुनर्स्थापित गरिएको छ । पार्टी कार्यालय रहेकै भवनमा वाइसिएलको भक्तपुर कार्यालय पुनर्स्थापित भएको नेता सरराज उप्रेतीले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...