News Portal

  • बुद्धिचाल प्रतियोगिता चालु, भोलि चौथौं र पाँचौ चरणका खेलहरु हुने

    भक्तपुर संवाददाता२०७७ चैत्र १ गते, आईतबार
    ९४२ पटक
    २०७७ चैत्र १ गते, आईतबार

    भक्तपुर नगरपालिकामा फागुन २९ गतेदेखि सञ्चालित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको दोस्रो र तेस्रो चरणका खेलहरु आज सम्पन्न भयो । खेलमा ललितपुर मनपा र हेटौडा उपमनपा समान ६ अंकका साथ संयुक्तरुपमा शिर्ष स्थानमा रहेका छन् । ललितपुरले दोस्रो खेलमा भक्तपुर नपालाई ३.५—०.५ अंकले हराए भने तेश्रोमा भिमेश्वर नपालाई रोचक प्रतिस्पर्धात्मक खेलमा २.५—१.५ अंकले विजय प्राप्त गरेको थियो ।

    त्यसैगरी हेटौडाले दोस्रो राउण्डमा काठमाडौं गोकर्णेश्वर नपालाई २.५—१.५ अंकले र तेस्रोमा काठमाडौं महानगरलाई ३—१ ले पराजित गरे ।
    स्वीस लिग ७ राउण्डको खेल हुने प्रतियोगितामा झापाको दमक नपा २ जित र एक बराबरी गरी ५ अंकका साथ तेस्रो स्थानमा छन् । दमकले दोस्रो राउण्डमा काठमाडौंको नागार्जुन नपालाई ४—० ले हराए भने तेस्रोमा काठमाडौंको गोकर्णेश्वर नपासित बराबरी खेल भयो ।

    त्यसैगरी भक्तपुर नपाका दुबै टिम समान ४ अंकका साथ संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् । यस्तै गरी कामनपा, टोखा नपा, मेचीनगर नपा, भिमेश्वर नपा र बनेपा नगरपालिकाले पनि समान ४ अंक जोडेका छन् ।

    भोलि बिहान ८ः०० बजे नै चौथौं र अपरान्ह १ः३० बजे पाँचौ चरणका खेलहरु  हुने छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...