News Portal

  • कबड्डी प्रतियोगिताकाे फाइनल मंगलवार दिउँसाे १ बजे

    अनिल श्रेष्ठ / भक्तपुरपाेष्टभक्तपुर, २ चैत्र २०७७
    १०८८ पटक
    भक्तपुर, २ चैत्र २०७७

    भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा  नगरब्यापी कबड्डी प्रतियोगिता भइरहेको छ । साेमवार छात्रा तर्फको सेमीफाइनल र छात्रतर्फ क्वाटर फाइनलसम्मको खेल सम्पन्न भएको छ ।

    आज सम्पन्न छात्रा तर्फको कबड्डी प्रतियोगितामा पारागन एकेडेमीले रोम्बस स्कूललाई ३३–३ र बागीश्वरी माविले पद्म माविलाई २४–११ ले पराजित गरेको छ भने सेमी फाइनल खेलमा पारागन एकेडेमीले बासु माविलाई ११–८ ले र साईनिङ्ग स्टुडेन्ट एकेडेमीले वागीश्वरी माविलाई ३६–२२ ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

    त्यसैगरी छात्र तर्फको कब्बडी प्रतियोगितामा भने वागीश्वरी माविले पद्म माविलाई ५७–४०, जेन्यूईन से. स्कूलले हिमालयन ग्लोरीलाई ६०–२६, ख्पप्रिङ्ग स्कूले बास् माविलाई ३९–३५, रोम्बस स्कूलले मिनर्वा स्कूललाई ५८–३९, पारागन एकेडेमीले शान्तिनिकेतन माविलाई ५०–४० ले पराजित गरेको छ ।

    कबड्डी प्रतियोगिताको छात्र तर्फको सेमी फाइनल खेल वागेश्वरी मावि र जेन्यूइन से. स्कूल तथा ख्वप्रिङ्ग से. स्कूल र मिनर्वा बीच हुनेछ भने छात्र तर्फको फाइनल खेल तथा छात्रातर्फको पारागन एकेडेमी र साईनिङ्ग स्टुडेन्ट एकेडेमीबीचको फाइनल खेल  चैत्र ३ गते दिनको १ बजे हुनेछ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...