News Portal

  • चाँगुनारायण नगरपालिकामा एकै दिन दशवटा तालिम

    अनिल श्रेष्ठचाँगुनारायण, ४ चैत २०७७
    ७८४ पटक
    चाँगुनारायण, ४ चैत २०७७

    चाँगुनारयण नगरपालिकामा एकै दिन दशवटा तालिमको उद्घाटन गरिएको छ । कृषी,पशुपन्छि, व्यापार, व्यवसाय गर्न चाहने वर्गलाई लक्षित गरि एकै दिन १० वटा तालिमको एक समारोह विच उद्घाटन गरिएको हो ।

    चाँगुनारायण नगरपालिकाको दुवाकोट स्थित नेपाल इन्जिनियरिङ कलेजको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा नगर उप प्रमुख बिणा वास्तोलाले तालिममा सहभागी हुने सबैलाइ बधार्ई सहित शुभकामना व्यक्त गरेकी थिइन् । कार्यक्रममा सहकार्यको भूमिका निर्वाह राष्ट्रिय युवा परिषद् र नेपाल बैंक लिमिटेडले गरेको छ ।

    तालिममा सबै सहभागीहरुलाई सबै खाले ज्ञान दिने लक्ष्य

    चाँगुनारयण नगरपालिकाले युवा वर्गलाई लक्षित पारि युवाहरुलाई नै उद्यमशीलता बनाउने लक्ष्य लिएको छ । आफ्नो नगरभित्र वेरोजगार रहेका युवाहरुलाई उद्यमी बनाउन नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रमको थालनी गरेको हो ।

    ३०० जनालाई रोजगारि बनाउनु भनेको थप ३०० जनालाई रोजगार जोड्नु हो चाँगुनारयण नगरपालिकाका कर्मचारी एवं कार्यक्रम संञ्चानल सदस्य सन्तोषी नेपालीले बताइन । यो कार्यक्रमले सिंगो परिवारले समेत जोडेर जाने भएकोले परिवारलाई समेत रोजगारी बनाउन यस कार्यक्रमले सहयोग गर्ने सन्तोषी नेपालीले बताइन ।

    युवाहरुमा सबै कुराको ज्ञान होस् भनेर भिन्न भिन्नै सिप भएका युवाहरुलाई एकै ठाउँमा राखेर तालिम संञ्चालन गरिरहेको छ । यसरी तालिम दिंदा युवाहरुमा कामको सम्भाव्यता, साथै बजार व्यवस्थापन , अरु व्यापार व्यावसाय बारे थप ज्ञान हाँसिल गरि आफुले गर्न लागेको व्यापार व्यावसायमा थप सहयोग पुग्ने जानकारी गराइएको छ । उक्त तालिम भने सात दिन सम्म चालु हुने भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...