News Portal

  • भक्तपुरमा सडक दुर्घटना : चालक छोरा सकुशल, आमाको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ चैत २०७७
    २४३८ पटक
    भक्तपुर, ७ चैत २०७७

    भक्तपुरको सुर्यविनायक – १० चितापोल स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । नलिन्चोकबाट चितापोल तर्फ जाँदै गरेको बा. ४ ख. ९८१० नं.को खाली टिपरले नलिन्चोकतर्फ आउदै गरेको मे. ८ प. ८३९७ नं.को मोटरसाइकललाई ठक्कर दिदा पछाडि सवार महिलाको ज्यान गएको हो ।                                                                                                ज्यान गुमाउनेमा सोलुखुम्बु दुधकुण्ड गाउपालिका वडा नं. ११ घर भई हाल काठमाण्डौ हात्तीगौडा बस्ने वर्ष ५९ की सिताकुमारी कार्की रहेकी छन् । उनलाई भक्तपुर अस्पताल दुधपाटी ल्याइएकोमा उपचारकै क्रममा शनिवार करिव ४ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी दिपक गिरीले जानकारी दिए । मोटरसाइकल चालकरहेका मृतकको छोरा ३४ वर्षका प्रकाश कार्कीलाई भने केही नभएको र उनी सकुशल रहेको गिरीले जानकारी गराए  ।                                                                                                                               टिपर चालक जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं.१३ बस्ने वर्ष २३ को सुनिल तामाङ र दुवै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइ रहेको महानगरीय प्रहरी बृत्त जगातीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...