News Portal

  • सरकारी सहयोगविनै ताथलीमा बन्यो सामुदायिक भवन

    अनिल श्रेष्ठ / भक्तपुर पोस्ट चाँगुनारायण, ११ चैत २०७७
    ७०७ पटक
    चाँगुनारायण, ११ चैत २०७७

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सरकारी सहयोग विना नै सामुदायिक भवन बनेको छ । ताथलीको माथिल्लो सौडोलमा करिब रु. ८ लाखको लागतमा सामुदायिक भवन बनेको हो । सो भवन माथिल्लो सौडोलस्थित माझीभैरब टोल विकास संस्थाको अगुवाइमा बनेको हो ।

    स्थानीयहरुको सक्रियतामा करिब २ सय जनाको क्षमतको उक्त भवन बनाएको संस्थाका अध्यक्ष हरिकृष्ण न्हेम्हाफुकीले जानकारी दिए ।

    सो भवनको मंगलबार एक कार्यक्रमबीच चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले गरेका थिए । सो ठाउँमा रहेको गुठीयारहरुले रकम संकलन गर्दै, जनश्रमदान गरी सो भवन बनाएका हुन् ।

    भवन उद्घाटन कार्यक्रममा सहभागी चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले सामुहिक भावनाको विकासका लागि स्थानीय गुठियारहरुको पहल प्रशंसायोग्य भएको बताउँदै भवनलाई भोज खुवाउने ठाउँको रुपमा मात्र उपयोग नगरी बहुउद्देश्यीय भवनको रुपमा उपयोग गर्नुपर्ने बताए ।

    उनले सामुदायिक भवन भएकाले समुदायकै लागि उपयोग गर्नुपर्नेमा जोड दिँदै भवनलाई विपदको समयमा समेत उपयोग गर्न सुझाव दिए । भवनको सुधारका लागि भवनलाई मेयर मिश्रले नगरपालिकाबाट आवश्यक सहयोग समेत गरिने वचन व्यक्त गरे ।

    कार्यक्रममा चाँगुनारायण नपा वडा नं। ९ का वडाध्यक्ष त्यातले पछिल्लो समयमा सार्वजनिक जग्गा हडप्ने प्रवृत्ति बढिरहँदा माझी भैरब टोल विकास संस्थाले जग्गा संरक्षणका लागि उदाहरणीय काम गरेको समेत बताए । उनले समाजलाई समृद्ध र सम्मुन्नत बनाउनका लागि सामुहिक भावनाको विकास गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा प्रगति युवा समाजका उपाध्यक्ष एवं सञ्चारकर्मी हरिसुन्दर छुकांले गुठीसम्बन्धी क्रियाकलाप गर्नका लागि भवनले सहयोगी भूमिका खेल्ने जनाउँदै भवनले सामुहिक क्रियाकलाप गर्न उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरे ।

    संस्थाका सल्लाहकार रवीन्द्र न्हेम्हाफुकीले भवन निर्माणको उद्देश्यबारे प्रकाश पारे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...