News Portal

  • भक्तपुरमा क्षयरोग नियन्त्रण दिवस !

    बाबुकाजी श्रेष्ठभक्तपुर, १२ चैत
    ९१८ पटक
    भक्तपुर, १२ चैत

    नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले एक कार्यक्रमका बीच १३९ औं विश्व क्षयरोग नियन्त्रण दिवस मनाएको छ । कार्यक्रम भक्तपुरस्थित शान्ति निकेतन माविमा सम्पन्न भएको हो ।
    संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा भएको उक्त कार्यक्रम नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य महेन्द्रगोपाल कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    उक्त अवसरमा कर्माचार्यले विश्वमा नै भयावह रुपमा फैलिएको क्षयरोग एउटा आदिकालदेखि नै रहेको र नेपालमा पनि पूर्व राजा रणबहादर शाहकी श्रीमतीदेखि पूर्व प्रधानमन्त्री चन्द्रशमशेरराणालाई समेत क्षयरोग लागेको सम्मरण गरे । क्षयरोग नियन्त्रण गर्न टोखामा स्यानिटोरिमको स्थापनादेखि नेपाल क्षयरोग निवारण संस्था स्थापना र क्षयरोग नियन्त्रणका गतिविधिका बारेमा उनले चर्चा गरेका थिए । केन्द्रिय सदस्य कर्माचार्यले सन् १८८२ मा रवर्ट कक्ले किटाणुका कारण क्षयरोग लागेको हो भनेर पत्ता लगाएदेखि मानिसमा क्षयरोगबाट बच्ने आशा पलाएको र त्यसैको सम्झनामा आजसम्म विश्व क्षयरोग नियन्त्रण दिवस मनाउदै आएको जानकारी गराए ।

    संस्थाका सचिव सुमन श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका सभापति तिमिलाले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णवहादर मिजारले नेपालमा क्षयरोग नियन्त्रणमा अझै समस्या र चुनौतिहरुको सामना गर्नुपर्ने र अझैपनि क्षयरोगका विरामीहरु लुकेर रहेका ेतथ्यांक ले देखाएकोे दावी गरे ।

    कार्यक्रममा संस्थाका निवर्तमान सभापति राम सिख, पूर्वसभापतिहरु महेन्द्रलाल कायस्थ र बाबुकाजी श्रेष्ठको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...