News Portal

  • भक्तपुरको सरसफाइमा बन्दुक र कलमको सहकार्य

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, १४ चैत
    ११५१ पटक
    भक्तपुर, १४ चैत

    नागरिक समाज र स्थानीय समुदायसंग समन्वय र सहकार्यमा जोड दिएको नेपाल प्रहरीले भक्तपुरमा पनि यसलाई महत्वका साथ् अघि बढाएको छ । भक्तपुरमा बिभिन्न रचनात्मक काम मार्फत प्रहरी समुदायसंग घुलमिल हुन खोजेको देखिन्छ ।

    यसैबीच शुक्रवार स्थानीय धार्मिक एवं पर्यटकीय स्थलको सरसफाई कार्य सम्पन्न भएको छ । प्रहरी र समुदायको सहभागितामा भक्तपुर १ स्थित च्वंगा गणेश मन्दिर परिसरको सरसफाई कार्य सम्पन्न भएको हो ।

    महानगरीय प्रहरी प्रभाग र सामुदायिक प्रहरी सेवा केन्द्र कटुन्जे त्यसैगरी समुदाय प्रहरी विद्यालय सम्पर्क समितिको आयोजनामा उक्त सरसफाई कार्य भएको बताइएको छ । सरसफाई कार्यक्रममा च्वंगा गणेश मन्दिर संरक्षण समिति, अक्सफोर्ड इंगलिस स्कूल र सूर्यविनायक इंगलिस स्कूलका शिक्षक एवं विद्यार्थीहरु र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको असई यसोदा बस्नेतले बताइन । उनका अनुसार करिब ७० जनाको सहभागितामा सरसफाई कार्य सम्पन्न भएको हो ।

    उक्त अवसरमा महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख रहेका डिएसपी राजेश थापा, प्रहरी प्रभाग कटुन्जेका सई रमेश राइ, भनपा-१ का जनप्रतिनिधि सूर्य प्रसाद श्रेष्ठ, समाजसेवी राम दुवाल, कृष्ण चगुठी लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रममा डिएसपी थापाले जनसहभागिताको लागि सबैलाई धन्यवाद दिंदै समुदायसंग हातेमालो गर्दै प्रहरीले सेवा गर्ने प्रतिवद्धता प्रकट गरे । समाजमा हुनसक्ने विब्भिन्न अपराधजन्य घटना न्युनिकरनका लागि प्रहरीलाई समुदायको साथ र सहयोग आवश्यक हुने उनको भनाइ छ । उक्त अवसरमा जनप्रतिनिधि सूर्य प्रसाद श्रेष्ठले प्रहरी जनताको समस्यामा साथी बनेर प्रस्तुत हुनुपर्नेमा जोड दिए । उक्त अव्सरामा पिकनिक स्पटको रुपमा समेत रहेको धार्मिक तथा पर्यटकीय उक्त क्षेत्रको सरसफाइमा योगदान गरेवापत च्वंगा गणेश मन्दिर संरक्षण समितिले खुशी व्यक्त गरेको थियो ।

    बन्दुक बोकेका प्रहरीसंग सरसफाइमा जुटेका विद्यार्थी भाइबहिनीहरु पनि दंग देखिए । प्रहरी देखेपछि डराउने आफ्ना एक विद्यार्थीले अब भने प्रहरी नै बन्ने लक्ष लिएको अक्सफोर्ड स्कूलका प्रिन्सिपल राम दुवाल बताउछन । सामाजिक हितका अलावा प्रहरीसंग आत्मियता र पेशाप्रति सम्मानका लागि समेत यस्ता कार्यक्रमले सहयोग गर्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...