नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको बिजेता बनेको हो । प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक- एक गोल गरे । प्रतियोगिता हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका थिए ।