News Portal

  • भक्तपुरमा किसी सहित नेवाः पत्रकारहरु सम्मानित

    बाबुकाजी श्रेष्ठभक्तपुर, २१ चैत
    १०७९ पटक
    भक्तपुर, २१ चैत

    भक्तपुरमा नेवाः पत्रकारहरु सम्मानित भएका छन् ।  नेवाः पत्रकार राष्ट्रिय दबूले शुक्रबार उनीहरुलाई सम्मान गरेको हो ।

    भक्तपुरका अग्रज पत्रकार कृष्ण किसी सहित वरिष्ठ पत्रकार राजेन्द्र स्थापित र सक्रिय महिला फोटो पत्रकार रेखा शाक्य पुरस्कारसहित सम्मानित भएका छन् भने अन्य २ पत्रकारलाई विशेष सम्मान गरिएको छ । जनआस्थामा प्रवन्ध सम्पादक रहेका वरिष्ठ पत्रकार राजेन्द्र स्थापित ज्ञानज्योती लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार, ख्वप: कलेजमा पत्रकारिताका अध्यापक समेत रहेका नागरिककर्मी कृष्ण किसी ज्ञानदेवी मणिरत्न स्मृति पत्रकारिता पुरस्कार र सक्रिय महिला फोटो पत्रकार रेखा शाक्य बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई प्रदान गरिएको ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कारको राशी २० हजार राशी सहित सम्मान पत्र रहेको छ भने किसीलाई रु. १५ हजार राशीसहित ज्ञानदेवी मणिरत्न स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी फोटो पत्रकार शाक्यले रु. १० हजार राशी सहितको बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार प्राप्त गरीकी दबूका भक्तपुर अध्यक्ष रामगोपाल तमखुले बताए ।

    नेवाः पत्रकार राष्ट्रिय दबूको भक्तपुरको नयाँ ठिमीमा भएको आठौ वार्षिक साधारणसभाको अवसरमा उनीहरुलाई वागमती प्रदेशका सांसद राजेश शाक्य र मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा नगदसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरी सम्मानित गरेका थिए । कार्यक्रममा एउटा सञ्चारगृहलाई पनि सम्मान गरिएको थियो । बौद्ध धर्म सम्बन्धी सामग्री प्रचार प्रसारमा योगदान दिएको भन्दै बोधि टेलिभिजनलाई भिक्षु कुमार कास्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु १२ हजार रहेको बताइएको छ ।

    कार्यक्रममा सगरमाथा आरोही कल्पना महर्जनलाई पनि विशेष पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने भक्तपुरका पत्रकार ऋषिकेश श्रेष्ठलाई समेत न्युनत्तम पारिश्रमिक निर्धारण समितिको सदस्य नियुक्त भएकोमा बधाई तथा सम्मान गरिएको थियो ।

    उक्त अवसरमा सांसद राजेश शाक्य, मेयर मदनसुन्दर श्रेष्ठ लगायतले नेवा: भेषभाषा,कला सस्कृति र परम्परा लगायत मौलिकता संरक्षण र सम्वर्द्धनमा संचार क्षेत्रको ठूलो भूमिका हुने र त्यसका लागि नेवा पत्रकारले महत्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिएका थिए । दबूको आफ्नै भवन निर्माण र अक्षय कोषमा आफूहरुले सक्दो सहयोग गर्ने उनीहरुले आस्वासन समेत दिए ।

    उक्त अवसरमा उपमेयर अन्जनादेवी मधिकर्मी, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी,नेपाल पत्रकार महासंघको प्रतिनिधि गोविन्द चौलागाईँ, लगायत पत्रकार संघसंगठनका अगुवाहरु, सामाजिक अभियन्ताहरु र दबूका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । उनीहरुले पनि पत्रकारितामा नेवाः पत्रकारको महत्व र योगदानको चर्चा गरेका थिए ।

    नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सूरजवीर बज्राचार्यको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको संचालन भने भक्तपुरका पत्रकार केके मानन्धरले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...