News Portal

  • स्थानीयको कुटाइबाट चोरको मृत्यु : ५ पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ चैत
    १४४६ पटक
    bhaktapurpoliceभक्तपुर, २२ चैत

    चाँगुनारायण-२ बर्खेपाटीमा गएराती स्थानीयको कुटाइबाट एक युवकको ज्यान गएको छ । पानी तान्ने मोटर चोरी गर्ने व्यक्तिलाई समाई कुटपिट गर्दा उनको ज्यान गएको हो ।

    ज्यान गुमाउने व्यक्तिको सनाखत हुन सकेको छैन । डिएसपी दिपक गिरीका अनुसार उद्धार गर्नेक्रममा उनले आफ्नो ठेगाना काभ्रेपलाञ्चोक कुसादेवी र नाम कृष्ण गुरुङ बताएका छन् । तर, उनका परिवारजन र आफन्तसंग सम्पर्क हुन सकेको छैन । प्रहरीले उनका आफन्त, परिवारजन हाल सम्म पनि सम्पर्कमा नआएको हुँदा संचार माध्यमबाट सम्बन्धित व्यक्ति सम्म सूचना पुर्याुईदिन पनि अनुरोध गरेको छ । प्रहरीका अनुसार बर्ष अन्दाजी ३० को कृष्ण गुरुङ भनिएका मृतकको उचाई ५ फिट १ ईन्च, छोटो कपाल, पातलो शरिर, निधारको बाँया तर्फ पूरानो घाँउको खत, आकाशे निलो रंगको सर्ट, खैरो रंगको कपडाको पाइन्ट लगाएको हुलिया रहेको छ ।

    महानगरीय प्रहरी प्रभाग व्यासीबाट प्रनानि बिर बहादुर भण्डारीको कमाण्डमा पुगेको प्रहरी टोलीले गएराती अन्दाजी ११:३० बजेको समयमा चोर भनिएका व्यक्तिलाई उद्धार गरेको थियो । एक स्थानीयको च्याउ खेतीमा लगाउन बनाएको सानो पानी जम्मा भएको पोखरीमा पानी तान्ने मोटर निकाल्दै गरेको अवस्थामा उनलाई समातेर स्थानीयले कुटपिट गर्दा घाइते भएको अवस्थामा आफूहरुले उद्धार गरी अस्पताल पुर्याएको डिएसपी दिपक गिरीले जानकारी दिए । आज करिब २:३० बजेको समयमा भक्तपुर अस्पतालमा उनको ज्यान गएको बताइएको छ ।

    पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला पारी कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले ५ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय टेक बहादुर के.सी., नविन कोजु,बिनोद लाखा,कमल खत्री (फुँयाल) र सनिस कुमार राय रहेका छन् ।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...