News Portal

  • विस्काः जात्रा मनाउन नदिने सरकारी निर्णय विरुद्ध स्थानीय आन्दोलित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ चैत
    १२८४ पटक
    भक्तपुर, २३ चैत

    भक्तपुरको पहिचानसंग पनि जोडिएको ऐतिहासिक विस्काः जात्रा मनाउन नदिने जिल्ला प्रशासन कार्यालयको सूचनाप्रति भक्तपुरबासी जनताले असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार स्वस्फूर्त रुपले न्यातापोला क्षेत्रमा उक्त सरकारी सूचनाको विरोध गर्दै असन्तुष्टि व्यक्त गरिएको हो ।

    जात्रा मास्न पाइदैन, अविवेकी प्रशासन चाहिंदैन भन्दै उपस्थित मानिसहरुले प्रशासन विरुद्ध नाराबाजी समेत गरेका थिए । राजनीतिक सभाजुलुस गर्न दिने, आर्थिक मेलामहोत्सव गर्न दिने तर सस्कृती र परम्परासंग जोडिएको ऐतिहासिक विस्काः जात्रा रोक्ने निर्णय अस्वीकार्य भएको उपस्थित विरोधकर्ताहरुले बताए । उक्त विरोध प्रदर्शनमा र्याली समेत गरिएको थियो । प्रदर्शनकारीहरुले स्थानीय प्रशासनसंगै स्थानीय सरकार र स्थानीय नेताहरुप्रति पनि आक्रोश पोखे ।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले कोभिड -१९ को हवाला दिंदै भिडभाड रोक्न जात्रामा अंकुश लगाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कोरोनाको कारण विस्काः जात्रालाई गत वर्ष जस्तै औपचारिकतामा सिमित गर्न अनुरोध गरेपछि स्थानीय आक्रोसित बनेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...