भक्तपुरका पुराना पत्रकार कमल मिश्रको निधन भएको छ । कोभिड-१९ को उपचार गराइरहेका मिश्रको गएराति निधन भएको हो । एक साता अघि उनी उपचारका लागि टेकुस्थित सरुवा रोग अस्पताल भर्ना भएका थिए । गएराति करिब १ बजे उनको ज्यान गएको पत्रकार मकर श्रेष्ठले जानकारी दिए । झापा स्थायी घर भएका ४८ वर्षिय मिश्र विगत लामो समयदेखि भक्तपुरलाई कर्मथलो बनाएर काम गर्दै आएका थिए । नेपाल समाचारपत्रको भक्तपुर संवाददाता रहेकै बेला बैराग्यता जागेपछि उनी आध्यात्मिक बाटोमा लागेका थिए । उनले विभिन्न सन्चार माध्यममा धार्मिक कार्यक्रम संचालन गरेका छन् । पछिल्लो समय राधेराधेस्थित धार्मिक आश्रमसंग जोडिएका उनी जीवनमा आर्थिक अभावसंग जुधिरहेका थिए । दिवङ्गत मिश्रका श्रीमती र चार छोरी छन् ।
रहेनन् भक्तपुरका अग्रज पत्रकार मिश्र
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ बैशाख
भक्तपुर, २ बैशाख शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...
दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना
काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...
सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी
“मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...
वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता
भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...
शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन
२०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...
- भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान
- भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न, अक्सफोर्ड दोजाङ प्रथम
- भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह
- रविप्रति नरम अभियन्ता पाठक सरकारप्रति गरम, देश अल्बानिया बनाउन लागेको आरोप
- एउटै विद्यालयमा १ दशकदेखि निरन्तर सेवारत भक्तपुरका ८३ शिक्षक सम्मानित
- मध्यपुर थिमिमा शहिद परिवारसंग प्रचण्डको सम्यबजी, देशैभर जनलहर बढेको भन्दै दंग
- लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा अर्का मेडिकल संचालक समातिए
- शनिवार एमालेको सूर्यविनायक नगर अधिवेशन, नेतृत्व चयन हुने
- नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पूर्व प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव
- पौष १२ देखि तीन दिनसम्म मध्यपुर महोत्सव, ५ लाखले अवलोकन गर्ने अपेक्षा