News Portal

  • भक्तपुरका सफल उद्योगी एवं नेता साख:को निधन, काँग्रेसद्वारा कार्यालय बन्द गर्दै शोक व्यक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,५ वैशाख
    ११९८ पटक
    भक्तपुर,५ वैशाख

    भक्तपुर उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष समेत रहेका साखः ग्रुपका अध्यक्ष गणेशभक्त साखःको निधनप्रति नेपाली काँग्रेसले शोक व्यक्त गरेको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिका संस्थापक कोषाध्यक्ष समेत रहेकाले साख:को निधनप्रति नेपाली काँग्रेसले शोक व्यक्त गरेको हो ।

    साख: को ९४ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । शनिवार उनको अन्त्येष्टिमा नेपाली काँग्रेसको नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, सचिव निशान ढुंगेल लगायतले भक्तपुर पार्टीको तर्फबाट साख:लाई अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । उनीहरुले पार्टीको झण्डा ओडाई साखःको अन्तिम विदाई गरे ।

    सफल उद्योगी साख:को भक्तपुरको राजनीतिमा पनि ठूलो योगदान रहेको छ । भक्तपुरमा जन्मिएर भक्तपुरको औधोगिक क्षेत्रलाई उचाइ दिएका उनले काँग्रेसको संगठन निर्माणमा समेत उल्लेखनीय भूमिका निभाएका नेता निशान ढुंगेलले स्मरण गरे । उमेरले साथ नदिंदा पनि पार्टीको काममा उनको असाध्यै लगाव रहेको सचिव ढुंगेलले सम्झना गरे । साखःको निधनबाट भक्तपुर काँग्रेसले एक असल अभिभावक गुमाएको सभापति दुर्लभ थापा बताउछन ।

    नेपाली काँग्रेस भक्तपुरले साखःको निधनमा शोक प्रकट गर्दै भक्तपुर जिल्लाभरीका पार्टी कार्यालयहरु आइतवार एक दिनका लागि बन्द गर्ने तथा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको सचिव निसान ढुंगेलले जानकारी दिए । साखःको निधनप्रति पार्टी केन्द्रले समेत शोक प्रकट गरेको छ ।

    दिवंगत साखःको ४ छोरा छन् । उनको श्रीमती र एक छोराको भने निधन भैसकेको छ । भक्तपुरमा साखः का उद्योगहरु नेपाल पेन्ट्स र साखः मेटल एन्ड एलाइड इन्डस्ट्री स्थापित छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...