News Portal

  • कोभिड कहर : बिहेकै दिन बेहुली भक्तपुर अस्पतालको आइसियुमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ बैशाख
    ४९६९ पटक
    भक्तपुर, १३ बैशाख

    छोरी अन्माएर बेहुलाको घर पठाउने बेलामा अस्पताल पठाउनु परेपछिको पिडा भोग्नेलाई मात्र थाहाँ हुन्छ । भक्तपुरमा यस्तै पिडा भोग्न बाध्य बनेको छ एक परिवार ।

    बिबाह गरेर घर भित्राउन नपाउदै बेहुला अस्पतालमा बेहुलीको कुरुवा बस्नु परेको छ । कोरोना भाइरस संक्रमण(कोभिड १९) का कारण बेहुली सिकिस्त भएपछि बेहुलाको अस्पतालमा बास भएको हो । नयाँ बेहुली यतिबेला आफूले देखेका अनेक सपनाहरु बिर्सिएर कोभिड बिरुद्ध अस्पतालमा लडिरहेकी छन् र उनलाई पर बाट यस लडाइमा साथ् दिइरहेका देखिन्छन् बेहुला, जसले उनलाई सधै साथ् दिने बचन दिएर शुक्रवार मात्र आफ्नो जीवनसाथी बनाएका थिए ।

    बेहुलाबेहुलीको निधारबाट बधाइको अबिर अझै पखालिएको छैन तर कोभिडलाई नजितुन्जेल यी अविरका रंगहरु उनीहरुका लागि रंगिन होइन, फिका लागेका छन् । आखाँमा त्रास र मुहारमा गाम्भीर्यता सहजै पढ्न सकिन्छ ।

    भक्तपुर अस्पतालले आइसोलेसनमा राखेको २२ वर्षिया ति बेहुलीको अवस्था आइतवार सामान्य थिएन । स्वास फेर्न समस्या भएपछि उनी निकै छट्पटाएकि थिइन् । उनलाई आइसीयुको आवश्यकता देखियो । चिकित्सकले सहि निर्णय लिन सकेका थिएनन किनभने आइसीयु खाली थिएन ।

    भाग्यवस अस्पतालकी मेसु डा सुमित्रा गौतम र मेट्रोन रजनी श्रेष्ठ त्यहाँ पुगे । उनीहरुले बोल्ड डिसिजन लिए । आइसीयुको बिरामीलाई हटाएर बेहुलीलाई बचाउने । यो निर्णय लिनु चुनौतीपूर्ण थियो किनभने आइसियुका डाक्टर यसको पक्षमा थिएनन् ।

    नयाँ बेहुली जसलाई कयौं मानिसले उनको बिबाहमा सामेल भएर शुभकामना दिए तर उनीहरुकै कारण सायद उनी अस्पतालमा जीवन र मृत्युको एक्लो लडाई लड्न बाध्य बनिन । उनीसंग उनकै बेहुला पनि पर बसेर संगै भएको ढाडस दिनुबाहेक अरु केहि गर्न समर्थ थिएनन् ।

    अन्तत मेसु र मेट्रोनको निर्णय लागू भयो । उपचारमा रहेका एक बिरामीलाई तानेर बेहुलीलाई आइसियुमा भर्ना गरियो । उनी बिस्तारै छ्ट्पटाउन छाडिन् । अहिले उनी अस्पतालमै स्वास्थ्य लाभ गर्दैछिन । सोमबार उनको स्वास्थमा सुधार आएको भक्तपुर अस्पतालले जनाएको छ । आफ्नै बिबाहमा आशिर्वाद दिन आएकाहरुले आफूलाई संक्रमित बनाएको र कोभिडको लडाइमा एक्लै छाडेको स्मरण सायद यी बेहुलीले जीवनभर गरिरहेने छिन् । उनी लगायत उपचाररत सबै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना !

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...