News Portal

  • भक्तपुरमा सत्तारुढ एमालेका वडासचिवकै नेतृत्वमा २ दर्जन युवाहरु काँग्रेसमा प्रवेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ बैशाख
    १४६६ पटक
    भक्तपुर, १४ बैशाख

    भक्तपुरमा पछिल्लो समय नेकपा(एमाले) प्रति कार्यकर्ता असन्तुष्ट देखिएका छन् । खासगरी चाँगुनारायण नगरपालिकाका स्थानीय एमाले कार्यकर्ताहरु पार्टीप्रति असन्तुष्ट देखिएका हुन् ।

    केन्द्र र प्रदेशमा मात्र होइन, चाँगुनारायणमा समेत स्थानीय सरकार नेकपा(एमाले)को नेतृत्वमा रहेको छ । तर,सत्ताको साङ्ग्लोले मात्र कार्यकर्तालाई पार्टीमा बाध्न नसक्ने रहेछ । जिल्ला इन्चार्ज समेत रहेका सोमप्रसाद मिश्र चाँगुनारायणका मेयर समेत छन् । तर, उनकै नगरका युवाहरु एमाले परित्याग गर्दै अन्य दलमा प्रवेश गर्नेक्रम भने बढेको छ ।

    यसैबीच, मंगलवार चाँगुनारायण ८ का २ दर्जन युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एमालेका पूर्व वडासचिव भरतप्रसाद दुलालको नेतृत्वमा उक्त क्षेत्रका २ दर्जन युवाहरु काँग्रेसमा प्रवेश गरेका हुन् । सुडाल, रातोपाटी र दुलालगाउँका स्थानीय युवाहरु काँग्रेसमा प्रवेश गरेका स्थानीय नेता जनक खत्रीले जनाएका छन् । उनका अनुसार स्थानीय सुवास श्रेष्ठ, सुरज श्रेष्ठ, बद्री श्रेष्ठ,दिपेन्द्र खड्का,चित्र कुमार, मुक्ता लामा, दोर्जे लामा, प्रेम बिक,निर्मल रंजितकार,मुकेश भण्डारी,सुरेन्द्र रंजितकार,उमेश धुलिखेले,सुरेन्द्र श्रेष्ठ, संजु मगजु,अनिल मगजु,अनिल रंजितकार, जेनस तामाङ्ग, सुभद्रा श्रेष्ठ र निर्मल खड्का लगायतका युवाहरु बिभिन्न पार्टी परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । समकालीन जेठो पार्टी, आन्तरिक लोकतन्त्रको अभ्यास हुने र प्रत्येक राजनीतिक मोडमा बढी जिम्मेवारी एवं कर्तव्यबोधका साथ् अघि बढ्ने भएकाले आफूहरु नेपाली काँग्रेसमा प्रवेश गरेको उनीहरुको भनाइ छ ।

     

    उनीहरुलाई जिल्ला सभापति दुर्लभ थापाले एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका छन् । भनपा २ स्थित पार्टी कार्यालयमा नवप्रवेशी युवाहरुलाई भित्राउदै गर्दा सभापति थापा उत्साहित देखिए । सत्तामा रहे पनि नरहे पनि जनताको पार्टी काँग्रेस नै भएको जिकिर गर्दै उनले युवाहरुले सहि निर्णय गरेको भन्दै पार्टीमा स्वागत गरे ।

    लोकतन्त्र, राष्टियता र समाजवाद नै नेपाली काँग्रेसको पहिचान भएको भन्दै उनले काँग्रेसले चुनाव हारे पनि यसको लोकतान्त्रिक मूल्यमान्यताले सधै जीतिरहने जिकिर गरे । काँग्रेस एउटा जीतले मात्तिने र हारमा आत्तिने पार्टी नभई लोकतन्त्र र निर्वाचनको पहरेदार भएको उनको भनाइ छ । उनले काँग्रेस लाई फुटवलको ब्राजिल र अर्जेन्टिनासंग तुलना गरे । ”विश्वकप अरु राष्ट्रले जितेपनि जसरी ब्राजिल र अर्जेन्टिनामै फूटबल प्रेमीको आखा टिक्ने गर्दछ, नेपालको राजनीतिमा काँग्रेसको स्थान त्यस्तै हो ।” उनले भने ।

    कांग्रेसले पार्टी भित्र पनि लोकतान्त्रिक पद्धतीबाट नेता चुन्ने भएकोले काँग्रेसका प्रत्येक कार्यकर्ता पार्टीको उच्च पदमा पुग्न सक्ने सम्भावना उत्तिकै भएको भन्दै उनले नवप्रवेशी युवाहरुलाई पार्टीले उचित जिम्मेवारी दिने र उनीहरुले पनि आफूलाई सहि कार्यबाट स्थापित गर्नसक्नुपर्ने आवस्यकता औल्याए ।

    उक्त अवसरमा बागमती प्रदेश सभाका सदस्य समेत रहेका भक्तपुर काँग्रेसका नेता कृष्णलाल भडेलले वडा नम्बर ८ का युवाहरुको प्रवेश संगै चाँगुनारायणमा काँग्रेस झन् बलियो बनेको बताए । यसलाई उनले आगामी स्थानीय निर्वाचनमा काँग्रेसको नेतृत्वमा स्थानीय सरकार बन्ने आधारको रुपमा अर्थ्याएका थिए । त्यसैगरी नेपाली काँग्रेस भक्तपुरका क्षेत्रीय सभापति जीवन खत्रीले युवाहरुको आगमनले भक्तपुर काँग्रेस मात्र नभई केन्द्र समेत खुशी भएको खुलासा गरे । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र युवानेता गगनकुमार थापाले पनि नवप्रवेशी युवाहरुलाई बधाई पठाएको भन्दै उनले नवप्रवेशी युवाहरुलाई पार्टी गतिविधिमा सक्रिय बन्न प्रोत्साहित गरेका थिए ।

    नेपाली काँग्रेस ८ नम्बर वडाका अध्यक्ष राधेश्याम कार्कीको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा जिल्ला सचिव निशान ढुंगेल, खेलकुद विभागका केन्द्रीय सदस्य उमेश खड्का लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...