News Portal

  • समाचार प्रभाव : बिबाह लगायत अन्य धेरै काममा सवारी पास लिनु नपर्ने सिडिओको आदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ बैशाख २०७८
    १३७२ पटक
    भक्तपुर, १८ बैशाख २०७८

    भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले निषेधाज्ञाको समयमा बिबाह प्रयोजनका लागि सवारी पास लिनु नपर्ने आदेश जारी गरेका छन् । उनले ब्यानर राखेर २ वटा सम्म सवारी प्रयोग गरी जिल्ला भित्र वा बाहिर बढीमा पन्ध्र जना आवतजावत गर्न पास लिनु नपर्ने आदेश जारी गरेका हुन् ।

    कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिबाह गर्नुपर्दा स्वीकृती लिएर बढीमा पन्ध्रजना उपस्थित हुन पाउने व्यवस्था मिलाएको छ । तर, बिबाहको स्वीकृती र सवारी पास लिनका लागि भने कार्यालयमा मानिसहरुको भिड नै जम्मा गरिएको बारे भक्तपुर पोस्टले समाचार प्रकाशन गरेको थियो ।

    समाचार प्रकाशित भएपछि बिहिबार साँझ नै सिडिओ प्रेमप्रसाद भट्टराईले अघिल्लो आदेशमा संसोधन गर्दै बिबाह प्रयोजनको लागि सवारी पास लिनु नपर्ने आदेश जारी गरेका हुन् । पार्टी प्यालेसमा बिबाह गर्नुपर्दा भने ठाउँको स्वीकृती लिनुपर्ने व्यवस्था कायमै गरिएको छ ।

    त्यसैगरी सिडिओ भट्टराईले पहिले पास लिनुपर्ने भनिएका धेरै सवारीका लागि पास लिनु नपर्ने व्यवस्था गरेका छन् । अत्यावश्यक बस्तु तथा सेवाको कारोबार गर्ने सवारी, बिरामी र कुरुवा बोक्ने सवारी, बैंक र वित्तीय सस्थाका कर्मचारी बोक्ने सवारी, विमानस्थल जानआउन प्रयोग हुने सवारीका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पास लिनु नपर्ने व्यवस्था गरिएको प्रशासकीय अधिकृत यज्ञराज जोशीले पुष्टि गरेका हुन् ।

    जिप्रकाले एक सूचना नै जारी गरी यस्ता कार्यमा सवारी पास लिन नआउन र कुनै समस्या भए प्रहरीको १०० र १०३ नम्बरमा फोन गरी सहायता लिन अनुरोध समेत गरेको छ । मृत्यु सस्कार र अन्य अत्यावश्यक भएका कार्यमा मात्र सवारी पास जारी हुने जिप्रकाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...