News Portal

  • भक्तपुरमा अस्पतालको लापरवाही : भेन्टिलेटरबाट निकालेको केहि मिनेटमै बिरामीको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ बैशाख २०७८
    ४८३२ पटक
    भक्तपुर, २४ बैशाख २०७८

    अन्तराष्ट्रिय स्तरको सेवा दावी गर्ने भक्तपुरको एक निजी अस्पतालको लापरवाहीका कारण कोभिड पेसेन्टको ज्यान गएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.३ कौशलटारस्थित भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा. लिको लापरवाहीका कारण उपचाररत २ बिरामीको ज्यान गएको हो ।

    अस्पतालले अक्सिजन नभएको भन्दै गएराति करिब ९ बजेको समयमा जवर्जस्ती भेन्टिलेटरबाट निकालेको केहि मिनेटमै एक ४९ वर्षीय पुरुषको ज्यान गएको आफन्तले भक्तपुर पोस्टलाई जानकारी गराएका छन् । मृतक भक्तपुर नगरपालिका वडा नम्बर ९ का स्थानीय भएको वडाध्यक्ष रवीन्द्र ज्याख्वले पुष्टि गरे । पिडित परिवारले अस्पतालको चरम लापरवाहीका कारण ज्यान गएको आरोप लगाएका छन् । वडाध्यक्ष ज्याख्वले पनि अस्पतालले गम्भीर लापरवाही गरेकोले त्यसको छानवीन र दोषी उपर कारवाही हुनुपर्ने बताएका छन् । अर्का एक बिरामीलाई सारिएर अर्को अस्पताल पुर्याइए पनि बचाउन नसकिएको बताइएको छ । तर, यसको आधिकारिक पुष्टि भने भएको छैन । श्रोतका अनुसार उनी पोखरा स्थायी घर भई भक्तपुर बस्दै आएका करिब साठी वर्षीय पुरुष हुन् ।

    महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख रहेकी एसपी तारादेवी थापाले अस्पतालको लापर्वाहीबारे स्पष्ट नभएको भन्दै आफूहरुले अनुसन्धान गरिरहेको दावी गरेकी छन् । एसपी थापाका अनुसार उक्त अस्पतालले अक्सिजन प्राप्त गर्न नसकेपछि प्रहरीले आफूसंग भएको एक दर्जन अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । आफूहरुलाई ढिला सूचना प्राप्त भएको भन्दै एसपी थापाले अस्पताल प्रशासन एक्लै अक्सिजन व्यवस्थापन गर्न दौडधुप गरेको देखिएको र अन्तिम अवस्थामा अक्सिजन प्राप्त हुन नसकेपछि मात्र प्रहरीले थाहा पाएको जिकिर गरेकी छन् ।

    बिहिवार राति ४ जना कोभिड संक्रमितलाई भक्तपुर अस्पताल सारिएको, २ जनालाई समिट अस्पताल सारिएको र केहि बिरामीले आफ्नै पहलमा आफ्ना बिरामीलाई रातारात काठमाडौं पुर्याएका बताइएको छ । केहि महिना अघि मात्र संचालनमा आएको भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा. लिले पन्ध्र बेड संचालनको अनुमति पाए पनि २७ कोभिड संक्रमितलाई राखेर उपचार गरिरहेको अवस्थामा बिहिबार अक्सिजन अभाव हुँदा २ बिरामीको ज्यान जानुका साथै अन्यको बिचल्ली बनेको थियो । अक्सिजन नभएको अस्पताल प्रशासनले जानकारी गराएपछि बिरामीका आफन्तमा तनाव थपिएको थियो ।

    अस्पतालले समयमै बिरामीलाई सार्न नभनेको भन्दै अक्सिजन अभावमा ज्यान गुमाएकाको परिवार आन्दोलित बनेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले वार्ताको पहल गरेपनि अस्पताल संचालक समाचार तयार पार्दा सम्म वार्ताका लागि आएका छैनन् । भक्तपुर पोस्टले अस्पताल संचालकलाई सम्पर्क गर्न पटक पटक प्रयास गरेपनि सम्पर्कमा आउन चाहेका छैनन् ।

    अपडेट : जिप्रकाले अस्पतालले गम्भीर लापरवाही गरेको ठहर गर्दै स्पष्टिकरण सोध्ने र कारवाही प्रक्रिया अघि बढाउने बताएको छ । पिडित परिवारलाई क्षतीपूर्ती दिन र गल्ती नदोर्याउने अस्पताल प्रशासनले प्रतिवद्धता प्रकट गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...