News Portal

  • भक्तपुर अस्पतालले पनि आफ्नै अक्सिजन प्लान्ट राख्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ जेठ २०७८
    ३३१९ पटक
    भक्तपुर, १ जेठ २०७८

    अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया शुरु गरेको छ । मेसु डा सुमित्रा गौतम र अध्यक्ष मिलन सुवालको पहलमा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्न लागेको हो ।

    मेसु डा सुमित्रा गौतमले करिब ४ हजार लिटरको दैनिक अक्सिजन आपूर्ती हुनसक्ने प्लान्ट स्थापना गरिने जानकारी गराइन् । यसका लागि बागमती प्रदेश सरकारको मन्त्रीपरिषद बाट निर्णय भएको उनले बताइन् । करिब २ करोड लागतमा युएस कम्पनीको प्लान्ट जडाँन हुने र यसले दीर्घकालीन रुपमा अक्सिजन आपूर्तीको समस्या केहि हदसम्म समाधान हुने मेसु गौतमले बिश्वास व्यक्त गरेकी छन् ।

    मेसु गौतमले तत्काल अक्सिजन प्लान्ट जडानका लागि निर्णय गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेपनि भर्खरै मात्र मन्त्रीपरिषद बाट उक्त निर्णय भएको हो । निरन्तरको फलोअप र आवश्यकताको अनिवार्यर्ता बारे अवगत गराइएपछि उक्त निर्णय गराउन सफलता प्राप्त भएको अध्यक्ष सुवाल सुनाउछन् । भक्तपुरमा मध्यपुर थिमी नगरपालिका द्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आफै अक्सिजन उत्पादन शुरु गर्न प्लान्ट जडान गरि परीक्षण समेत गरिसकेको छ ।

    कोभिड १९ संक्रमितको उपचारको लागि जिल्लाकै अग्रणी अस्पताल भएपनि राजनीतिक र प्रशासनिक अदुरदर्शीताका कारण भक्तपुर अस्पतालले भने पछिल्लो समय अक्सिजन प्राप्त गर्न नसक्दा अस्पतालका डाक्टरहरुलाई कोभिडका बिरामी हेर्ने र अक्सिजन खोज्ने दुवै काम उत्तिकै चुनौतीपूर्ण बनेको देखिन्छ । कोभिडको निशुल्क उपचार गर्ने जिल्लाको एकमात्र सरकारी अस्पताल भएपनि सरकारले यसलाई कम महत्व दिएको अस्पताल प्रशासनको गुनासो छ । कोभिड बिरुद्ध प्रथम दिनबाटै मैदानमा रहेको यस अस्पतालका मेसु डा सुमित्रा गौतम आफै कोभिड संक्रमित भएकी छन् तरपनि उनलाई आफ्नो स्वास्थ्यका लागि आराम गर्ने फुर्सद देखिदैन । बिरामी बचाउन उनको अस्पतालमै बास भएको छ । अक्सिजन उत्पादक, चिनजानका मान्छेहरु र अधिकारीहरुसंग हारगुहार गर्दै उनले जेनतेन अक्सिजनको जोहो गरिरहेकी छन् । तराईका अस्पतालमा काम गरिसकेकी उनले आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा तराईका जिल्लाबाट अक्सिजन ल्याउन सफलता प्राप्त गर्दा बिरामीको ज्यान जोगिएको छ । भक्तपुरमा कौसल्टारस्थित भक्तपुर इन्टरनेश्नल अस्पतालमा एक साता अघि अक्सिजन सकिदा उपचाररत २ बिरामीको ज्यान गएको थियो । भक्तपुर अस्पतालमा त्यो अवस्था आउँन नदिन आफूहरु तल्लीन रहेको तर परिस्थिति काबू बाहिर जाने हो कि भन्ने डर दिनहू हुने मेसु गौतम बताउछिन् ।

    हाल भक्तपुर अस्पतालमा कोभिड संक्रमित पैसठ्ठी बिरामीले उपचार सेवा पाइरहेका छन् । पन्ध्र बेड अक्सिजन अभावले बन्द गरिएको अवस्था छ । सजिलो बेलामा सबैले जस लिन खोजेपनि स्वास्थ्य संकटको यस घडीमा अस्पताललाई सहयोग गर्नेहरु कम देखिएका मेसु गौतमको गुनासो छ । राज्यका सबै अंग सक्रिय हुने र सबैले उत्तिकै महत्वका साथ् कोभिड बिरुद्धको लडाइमा सामेल हुने हो भने मात्र यसलाई परास्त गर्न सकिने अन्यथा अस्पताल र स्वास्थ्यकर्मीले मात्र सम्भव नहुने उनको भनाइ छ । मेसु डा गौतमले भक्तपुर अस्पतालका आधा दर्जन स्वास्थ्यकर्मी समेत संक्रमित रहेको जानकारी दिंदै यस विषम परिस्थितिमा अस्पताललाई आफ्नै सम्झेर हौसला र सहयोगका लागि आम जनसमुदाय संग भक्तपुर पोस्टमार्फत अपिल समेत गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...