News Portal

  • चागुँनारायणमा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ जेठ
    १०९० पटक
    भक्तपुर, २ जेठ

    भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ६ स्थित वालवन वालखोलामा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । अन्दाजी ३० वर्षको पुरुष घोप्टो परी अनुहार पानीमा डुबीरहेको अवस्थामा मृत शव फेला परेको थियो ।

    महानगरीय प्रहरी परिसर, भक्तपुरले हाल सम्म मृतक शव पहिचान हुन नसकेको जनाएको छ । मृतकको हुलिया गहुँगोरो बर्ण, उचाई ५ फिट ८ इन्च, मझौला शरिर भएको, दाहिने हातको बुढी औला र चोरी औलाको बिचमा ॐ लेखिएको ट्याटु, बाँया खुट्टाको पिडौला देखि बाँया खुट्टाको कान्छी औला सम्म पुरानो खत रहेको, छोटो कपाल दाह्री पालेको, अन्दाजी ३० बर्षको पुरुष व्यक्ति भएको प्रहरीको भनाइ छ ।

    मृतकको आफन्तजनहरु हाल सम्म पनि सम्पर्कमा नआएकोले कोही कसैले चिन्नु भएमा तुरुन्त महानगरीय प्रहरी परिसर, भक्तपुरको मोवाइल नं ९८५१२८३०२०, फोन नं ०१ ६६१४७०८ मा सम्पर्क गरी प्रहरी अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन डिएसपी दिपक गिरीले अनुरोध गरेका छन् ।

    मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य गरी मृतक शव पोष्टमार्टमको लागी काठमाण्डौ मेडिकल कलेज, दुवाकोटको शव गृहमा राखिएको बताइएको छ । हत्या, आत्महत्या वा दुर्घतना भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...